शेषराज भट्टराईको अध्यक्षतामा इक्यानले पायो नयाँ नेतृत्व
काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अधिबेशनले नयाँ कार्यसमितिको नेतृत्व चयन गरेको छ । शनिबार भएको इक्यानको अधिबेशनबाट शेषराज भट्टराईको अध्यक्षतामा समिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा एन्ड्रीयू पौडेल, भुवनबहादुर क्षेत्री र गीता शिवाकोटी, महासचिव दिपकराज भुसाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराई, कोषाध्यक्षमा आशिक कार्की, सह-कोषाध्यक्षमा विकल्प राज पोखरेल निर्वाचित हुनुभएको छ ।
समितिको कार्यसमिति सदस्यहरुमा सुरज सिलवाल, साधन पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशिप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी रहनुभएको छ ।