2

Logo २०८३ बैशाख १३ आइतबार
रोल्पामा जंगली च्याउ खाँदा एक बालकको मृत्यु

रोल्पामा जंगली च्याउ खाँदा एक बालकको मृत्यु


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार २९ २०८०
1.2K

रोल्पा ।

जंगली च्याउ खाँदा रोल्पामा एक बालकको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका–५ बुझिङका ६ वर्षीय बालक प्रेम गुरुङको मृत्यु भएको वडाध्यक्ष रिखबहादुर रोकाले जानकारी दिनुभयो ।

असार २६ गते बुझिङ कालोपहर घर भएका दुर्गे गुरुङको घर परिवारले च्याउ ल्याएर पकाएर खादा गुरुङकी श्रीमती ३३ वर्षकी भिमा गुरुङ, ११ वर्षका सुशिल गुरुङ र वर्ष ६ का प्रेम गुरुङ बिरामी परेका थिए।

गम्भीर बिरामी परेका उनीहरुमध्य प्रेमको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको रोल्पा प्रहरीले जनाएको छ ।

बिरामी दुईको अवस्था चिन्ताजनक रहेको छ । भिमाका श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा रहेको र आएपछि मृतक प्रेमको दाहसंस्कार गरिने वडाध्यक्ष रोकाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com