2

Logo २०८३ बैशाख १४ सोमबार
रानपाको नगर सभाको तेह्रौ अधिबेशनको दोस्रो बैठकबाट आगामी बर्षको अनुमानित ७२ करोड ८५ लाख बजेट पारित

रानपाको नगर सभाको तेह्रौ अधिबेशनको दोस्रो बैठकबाट आगामी बर्षको अनुमानित ७२ करोड ८५ लाख बजेट पारित


Sabalnews प्रकाशित मिति : बुधबार, असार २७ २०८०
2.1K

पाल्पा ।

रामपुर नगरपालिकाले नगर सभाको तेह्रौ अधिबेशनको दोस्रो बैठक सम्पन्न गरेको छ ।

नगर सभाको हिउदे अन्तिम बैठकमा नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक बर्ष २०८०/०८१ को प्रस्तावित आयको अनुमानित बार्षिक बजेट प्रस्तुत गर्नुभयो । नगरसभाको तेह्रौ अधिबेशनको पहिलो बैठक मार्फत गत असार १० गते ल्याएको अनुमानित बजेटमाथि आवश्यक छलफल र सुझाबपछि बढेर ७२ करोड ८५ लाखको बजेट प्रस्तुत गर्नुभएको हो ।

गत बैठकमा उपप्रमुख थापाले ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको वजेट ल्याउनुभएकोमा ३ करोड१२ लाख ५० हजार बढेर बजेट आएको हो । उपप्रमुख थापाबाट प्रस्तुत बजेटमा संघीय समानिकरण अनुदान तर्फ ११ करोड, ७७ लाख, संघीय राजश्व बाडफाडमा १० करोड ४२ लाख २२ हजार, संघीय समपुरक ६०लाख, संघीय बिशेष तर्फ ८० लाख,संघीय ससर्त ३२ करोड ८४ लाख, संघीय पुजीगत १ करोड ७६ लाख र प्रदेश समानिकरण ८५ लाख ९६ हजार, प्रदेश राजश्व बाडफाड ८७ लाख १६ हजार ३ सय ४८, प्रदेश समपुरक १ करोड ५० लाख, प्रदेश ससर्त १ करोड १६ लाख ५० हजार, आन्तरिक स्रोत तर्फ ७ करोड र अ ल्या अन्तर्गत ३ करोड २६ लाख १५ हजार ६ सय ५२ गरि ७२ करोड ८५ लाखको बजेट ल्याइएको हो ।

सोही अबसरमा नगर प्रबक्ता कपिल बहादुर खाणबाट प्रस्तुत संगठन तथा व्यबस्थापन सर्वेक्षण प्रतिवेदन, बिधायन समिति संयोजक तथा वडा नम्बर ६ का वदाअध्यक्ष दिवाकर देवकोटा बाट प्रस्तुत नगर प्रहरी सेवा गठन संचालन तथा व्यवस्थापन ऎन२०८०,लेखा समिती संयोजक दामोदर पाठकबाट प्रस्तुत लेखा समितिको प्रतिबेदन र लेखा समिति सदस्य दुर्गादेवी भण्डारीले प्रस्तुत गर्नुभएको लेखा समितिको कार्य संचालन नियमावली २०८० को मस्यौदा माथी छलफल गरि पारित भएको छ ।

नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा चलेको सभामा नगरपालिकाले केही कर्मचारी र उत्कृष्ट सेवा गर्नुहुने सरोकारवालालाई सम्मान गरेको छ । नगरका कर्मचारीहरु नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, लेखा प्रमुख सीता न्यौपाने, नगरको समन्वय र राम्रो काम गर्नुहुने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटा, कृषि उद्यम एवं युवा विशेषज्ञ जनार्दन पन्त र करातेमा मेडलिस्ट हुन सफल रामपुर १ ठुलोबेशीका युवा यम बहादुर सवाललाई नगद, मायाको चिनो र दोसल्लाले सम्मान गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख बिक्रम बस्नेतको संचालनमा कार्यक्रम चलेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com