2

Logo २०८३ बैशाख १३ आइतबार
सरकारी, सार्वजनिक जग्गा र घर–घरमा बृक्षारोपणमा जुट्दै रामपुरका वडाहरु  

सरकारी, सार्वजनिक जग्गा र घर–घरमा बृक्षारोपणमा जुट्दै रामपुरका वडाहरु  


Sabalnews प्रकाशित मिति : सोमबार, असार २५ २०८०
3.2K

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले हरियाली नगर बनाउने निति तथा कार्यक्रममा समाबेश गरेको छ । शहर उन्मुख रामपुरलाई हराभरा गराउने उद्देश्यले बृक्षारोपणलाई जोड दिने नगरपालिकाले जनाएको छ ।

रामपुर नगरपालिकाका विभिन्न वडामा फलफुल तथा हरियाली सौन्दर्यजनक बोटबिरुवा रोप्ने काम तिब्र बनाईएको छ । रामपुरको बजारका वडाहरुले सरकारी कार्यालय, सार्वजनिक स्थल, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र र घरघरमा समेत बृक्षारोपणलाई जोड दिएको छ । रामपुर नगरपालिकाको केन्द्र रहेको  वडा नम्बर ५ र वडा नम्बर ६ ले बाहिरबाट विभिन्न जातको विरुवा ल्याएर रोपण गरेको छ ।

रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले खाली जग्गादेखि कार्यालय तथा सरोकार राख्ने स्थलमा बृक्षारोपण गर्ने अभियान थालिएको बताउनुभयो । वडाले बोटविरुवा खरिद गरि ल्याएको छ, नगरभरी हराभरा गराउने उद्देश्य हो उहाँले भन्नुभयो–दैनिक जसो बृक्षारोपण गरेका छौं  । लगाउनको लागि लगाएको नभै सबै क्षेत्र र व्यक्तिगत घरका अगाडी वा दाँयाबाँया बृक्षारोपणका लागि विरुवा उपलब्ध गराएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । रौतहटबाट कटहर, चिली र आँप जातका ३ हजार बढी विरुवा ल्याइएको छ ।

वडाले चलाएको अभियान अन्तर्गत वडाभित्रका सबै विद्यालय, सेनाको गण, प्रहरी कार्यालय, सरकारी कार्यालयहरु, तथा ऐतिहासिक स्थल सहित टोल–टोल घरघरमा वडाबासीलाई विरुवा वितरण गरिएको छ । प्रत्येक बर्ष फलफुल तथा सौन्दर्य जन्य विरुवा रोप्ने लक्ष्यका साथ नगरपालिकाले स्वच्छ हरियाली शहरको परिकल्पना गरेर अभियानको शुरुवात गरेको हो । विकास सँगै विनासले पछ्याउने हुँदा बाटो, विद्युत्त, बस्ती विकासले पुराना बोटविरुवा मासिदै जादा नयाँ बोटविरुवा लगाउन थालिएको हो । रामपुर ५ मा वडामा रहेका विद्यालय, दि फेमश दल गण, इलाका प्रहरी कार्यालय, रामपुर अस्पताल, रामपुर आयुर्वेद अस्पताल, रामघाट क्षेत्र सहित लक्करे, कोइलीटारी मोटरबाटो, बजार क्षेत्र र वडाबासीलाई घर अगाडी लगाउन बृक्षारोपण कार्यक्रमलाई क्रमशः अघि बढाइएको वडा सदस्य युवराज शाहीले जानकारी दिनुभयो । रामघाट मन्दिर क्षेत्रमा जनप्रनितिधि, नेपाली सेना सहित स्थानीय नागरिकले विरुवा लगाएका छन् । समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले मन्दिर क्षेत्र पछिल्लो समय विभिन्न संरचना बन्दै गएको र आकर्षणको थलो बनेकोले दिगो व्यवस्थापनमा सघाउने गरि बृक्षारोपणलाई जोड दिएको बताउनुभयो ।

धार्मिक क्षेत्र र विभिन्न क्षेत्र किटान गरि रुद्राक्ष, राजबृक्ष, हर्रो, बर्राे, अमला सहित जडीबुटी र आयुर्वेद गुणका बनस्पति लगाउने योजना रहेको नगरले जनाएको छ ।

यस्तै, रामपुर नगरपालिका वडा नम्बर ६ ले वडाका विभिन्न स्थानमा बृक्षारोपण गरेको छ । कालीगण्डकी करिडोर कालीआँपदेखि गौरीघााट सम्म पुष्पमार्ग नामाकरण गरि सौन्दर्य जातका विरुवा लगाएको छ । वडाले तराईबाट ल्याएर फल तथा फुल जन्य विरुवा लगाएको हो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले पुष्पमार्गमा बृक्षारोपणको शुरुवात गर्नुभएको थियो । साथै सब डिभिजन वन कार्यालय रामपुरबाट विभिन्न जातका विरुवा वडाका विभिन्न स्थानमा लगाइएको छ । ज्याग्दी सामुदायिक वन तथा ज्याग्दी पार्कमा उपभोत्ता र स्थानीय मिलेर बृक्षारोपण गर्नुभएकोे अध्यक्ष ओम प्रकाश बस्यालले जानकारी दिनुभयो । तालपोखरा क्षेत्र, गौशाला क्षेत्र सुन्दर पार्क, प्याक्लुक र विभिन्न मोटरबाटो दायाँबायाँ बिरुवा रोपिएको छ ।

वडालाई हरियाली र शोभायमान बनाउन बिरुवा झिकाएर वडामा लगाईएको र वडाबासीलाई टोलमा लगाउने गरि दिइएको वडा नम्बर ६ का वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिनुभयो । सफा स्वच्छ र आबश्यक हरियाली बनाउन वडाले नियमित कार्यक्रम गर्दै जाने वडाध्यक्ष देवकोटाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com