2

Logo २०८३ बैशाख १४ सोमबार
बगनासकालीमा वडाका गाउँ-गाउँबाटै भत्ता वितरण

बगनासकालीमा वडाका गाउँ-गाउँबाटै भत्ता वितरण


Sabalnews प्रकाशित मिति : सोमबार, असार २५ २०८०
1.5K

पाल्पा।

बगनासकाली गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण थालेको छ ।

गाउँपालिकाले चालु आ.व.को पहिलो त्रैमासिकदेखि नै वडातमा नै पुगेर सामाजिक सुरक्षा वितरण गर्दै आएको छ । बैंकमा घण्टौं लाइन बसेर भत्ता लिन कठिन परेकोमा आ.व.२०७९/०८० देखि वडाबाटै भत्ता बुझ्न पाएपछि नागरिक  खुसी भएका छन् । असार २३ गते शनिबार वडा नं. २ पोखराथोकका नागरिकलाई सामाजिक चौथो त्रैमासिक वापतको सुरक्षा भत्ता वितरण गरेको छ । बैंकमा घण्टौंसम्म लाइन बसेर बृद्धभत्ता बुझ्दै आएका बगनासकाली गाउँपालिका २ पोखराथोकका ७९ वर्षीय हेमलाल नेपालीले यसआर्थिक वर्षको सवै भत्ता वडाबाटै बुझ्न पाएपछि निकै उत्साहित भएका छन् । उनी भन्छन् ‘निर्वाचनका बेला भोट माग्न आउँदा बृद्ध भत्ता वडाबाट दिन्छौं भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेको प्रतिबद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुसी लागेको छ ।’

त्यस्तै वडा नं. २ कै मानकुमारी कुमाल पनि वडाबाट बृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउँछिन् । ‘भत्ता बुझ्नका लागि एक डेढ घण्टा हिंडेर बैंक जानुपर्थ्यो, बुढेशकालको शरीर आउन जानै समस्या’ उनले भनिन्, ‘अहिले त गाउँपालिका र जनप्रतिनिधिले जेष्ठ नागरिकको मनको कुरा बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन् ।’ उनीहरू जस्ता धेरै जेष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ ।

बगनासकाली गाउँपालिकाको चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता असार २३ देखि श्रावण ८ गतेसम्म बितरण गरिने गाउँपालिकाका एम.आई.एस. अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आ.व.२०७९ को चौथो त्रैमासिकमा पालिभित्र विभिन्न वर्गका ३ हजार १ सय ३३ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राही रहेका छन् । जसमध्ये जेष्ठ नागरिक १८९९, जेष्ठ नागरिक दलित १३७, जेष्ठ नागरिक एकल महिला ३०७, विधवा आर्थिक सहायता ४१३, ‘क’ वर्ग असक्तता ४९, ‘ख’ वर्ग आर्थिक सहायता १०६ र दलित बालपोषण प्राप्त गर्ने २२२ जना बालबालिका रहेका छन् ।

चालु वर्षको चौथो त्रैमासिकमा ३ करोड ८ लाख ६८ हजार ४ सय २१ रुपैया सामाजिक सुरक्षा भत्तामा वितरण हुने रकम निकासा भएको गाउँपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणसँगै गाउँपालिकाल निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । शनिबार वडा नं. २ बाट ११९ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए भने ७० जनाले निःशुल्क स्वास्थ्य परीक्षणबाट स्वास्थ्यलाभ लिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com