2

Logo २०८३ बैशाख १३ आइतबार
पशुउद्यमशीलताबाट व्यवसायिक बाख्रापालनमा सघाउदै किसानलाई घाँसको बिरुवा वितरण

पशुउद्यमशीलताबाट व्यवसायिक बाख्रापालनमा सघाउदै किसानलाई घाँसको बिरुवा वितरण


Sabalnews प्रकाशित मिति : शनिबार, असार २३ २०८०
3.2K

पाल्पा ।

व्यवसायिक पशुपालनलाई जोड दिदै कृषि तथा पशुउद्यमशीलता परियोजनाबाट पाल्पाको रामपुर नगरपालिकाका किसानलाई उन्नत जातका घाँसको बिरुवा वितरण गरिएको छ ।

नगरपालिकाभित्रका यस कार्यक्रममा आबद्ध भएका करिब १ हजार १ सय किसानलाई समूहमार्फत बिरुवा उपलब्ध गराएको हो । नगरपालिकाले सञ्चालन गरेको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत विभिन्न वडामा गठन भएका स्वावलम्वन समूह र युवा समूह गरी ५१ समूहलाई घाँसका बिरुवा वितरण गरेको परियोजना संयोजक सञ्जु परियारले जानकारी दिनुभयो ।

गुल्मीको इस्माबाट बिरुवा खरिद गरी नेपियर (रातो र सेतो), राइ खनियु, बडहर, किम्बु जातका घाँस ल्याइएको थियो । ढुवानीसहित करिब ६ लाखको लागतमा बिरुवा खरिद गरेर वितरण गरिएको हो ।

परम्परागत पशुपालनलाई व्यवस्थित र व्यवसायिक बनाएर आत्मनिर्भरतर्फ किसानलाई अगाडि बढाउन नगरपालिकाले उन्नत जातका घाँसका बीउ निःशुल्क वितरण गरेको हो ।  रामपुर क्षेत्रमा पुरानो रुखहरु खोक्रो हुने ढल्ने र नयाँ रुख कम मात्रामा रोपिने र उन्नत विरुवा नहुँदा गाई बस्तु बाख्रापालनमा समस्या हुदै गएपछि कार्यक्रमबाट उन्नत जातको विरुवा ल्याइएको छ ।

विरुवा वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले मासुमा नगरलाई आत्मनिर्भर बनाउनका लागि परियोजना चलाइएको बताउनुभयो । पशुपालनका लागि रामपुर उपयुक्त छ, थापाले भन्नुभयो–परम्परागत पशुपालन छाडेर आधुनिक प्रविधिबाट उन्नत कृषि र पशुपालन गर्न हामीले किसानलाई प्रेरित गर्दैछौ । पशुपालनमा विभिन्न अनुदान, औषधी, सीपमूलक तालिम, प्रविधि सहयोग गरेको छ ।

समूहमा आबद्ध सदस्यलाई उन्नत जातका माउ बाख्रा र समुहमा एउटा बोका वितरण, विभिन्न तालिम, बाख्रालाई जुका माटेको औषधी तथा भिटामिन र प्रविधि दिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com