2

Logo २०८३ बैशाख १४ सोमबार
एसईई नतिजा प्रकाशनको तयारी हुँदै, आज बोर्डको बैठक

एसईई नतिजा प्रकाशनको तयारी हुँदै, आज बोर्डको बैठक


Sabalnews प्रकाशित मिति : बिहिबार, असार २१ २०८०
764

काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि तयारी गरेको छ ।

बोर्डले बिहीबार दिउँसो १ बजे बोर्डको बैठक डाकेको छ । बुधबार नै नतिजा प्रकाशनको तयारीका लागि बोर्डको बैठक बोलाए पनि त्रुटि सुधारका लागि बैठक बिहीबारका लागि सारेको थियो ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले एसईईको नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । सकेसम्म बिहीबार साँझ नै नभए शुक्रबारसम्म नतिजा आइसक्ने श्रेष्ठले बताउनुभयो ।

गत चैत १७ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरबाट ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । यसअघि सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com