2

Logo २०८३ बैशाख १४ सोमबार
पालिकाबाट विद्यार्थीलाई छात्रवृत्ति

पालिकाबाट विद्यार्थीलाई छात्रवृत्ति


Sabalnews प्रकाशित मिति : बिहिबार, असार २१ २०८०
1.7K

पाल्पा ।

नगर भित्रका क्याम्पस र सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई जिल्लाको रामपुर नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । “मेयर छात्रवृत्ति कार्यक्रम” मार्फत १ कक्षादेखि स्नातकोत्तर अध्ययरत ६७ जना विद्यार्थीलाई नगरले छात्रवृति प्रदान गरेको हो ।

नगरपालिकाले कक्षा १ देखि स्नातकोत्तर अध्ययनरत ६७ जना विद्यार्थीहरुहरुलाई ६ हजार २ सय देखि ३० हजार सम्म छात्रवृति प्रदान गरेको छ । विद्यार्थी एवं प्रधानाध्यापकहरुको उपस्थितिमा ७ लाख ४८ हजार ६ सय ५० रुपैयाँ बराबरको छात्रवृति विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुमा उत्प्रेरणा र उत्साह जगाउन छात्रवृति वितरण गरेको बताउनुभयो । साना कक्षा देखि ठुला कक्षामा पढ्ने विद्यार्थीलाई छनौट गरेर छात्रवृत्ति दिएको उहाँले बताउनुभयो । यसअघि सम्बन्धित विद्यालय तथा क्याम्पसको खातामा पैसा राखिन्थ्यो, यस वर्ष नगरपालिका बाटै छात्रवृति बितरण गरिएको हो थापाले भन्नुभयो । नगरले यसै वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिकित्साशास्त्र तथा प्राविधिक शिक्षा पढ्न  सहयोग गर्ने पनि बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कार्यविधि बनाएर छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।

शहीद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले छात्रवृति कार्यक्रमले विद्यार्थीहरुमा थप उत्साह जगाएको बताउनुभयो । दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले शिक्षा लिन चाहने विद्यार्थीलाई ठुलो सहयोग पुग्ने बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक क्षेत्रमा लगानी संगै, निशुल्क लोकसेवा कक्षा संचालन, छात्रवृत्ति वितरण तथा विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको जानकारी दिनुुुभयो। उहाँले लगनशील भएर पढ्न विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको अध्यक्षता, नगर प्रवक्ता कपिलबहादुर खाँणको स्वागत र सञ्चालन नगर शिक्षा अधिकृत विकल काफ्लेले गर्नुभएको हो ।

नगरपालिकाले २०७६/०७७ देखि कार्यविधि बनाएर मेयर छात्रवृति प्रदान गर्दै आईरहेको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com