2

Logo २०८३ बैशाख १३ आइतबार
तिलोत्तमामा आरन व्यवसायीहरुलाई औजार वितरण

तिलोत्तमामा आरन व्यवसायीहरुलाई औजार वितरण


Sabalnews प्रकाशित मिति : मंगलबार, असार १९ २०८०
1.1K

रुपन्देही ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले आरन पेशाको संरक्षण गर्नका लागि आरन व्यवसायीहरुलाई औजार एवं सामाग्री वितरण गर्नुभएको छ ।

आरन पेशा पुरानो र पछिल्लो समय लोप हुनै लाग्ने अवस्थामा रहेकाले यसलाई जोगाउनका लागि पनि आरन पेशाका लागि आवश्यक पर्ने औजार वितरण गरिएको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । ‘आरन पेशा धेरै पुरानो पेशा पनि हो । पछिल्लो समय यो लोप नै भएर जाने अवस्थामा रहेको छ, उहाँले भन्नुभयो-‘यसको संरक्षण र यस पेशामा आकर्षित गर्नका लागि लामो समयदेखि यो पेशा गर्दै आउनु भएकाहरुको समान स्वरुप औजार तथा सामाग्री दिन लागिएको हो । यसबाट रोगगारीको सृजनापनि हुन्छ । यसकारण आरन संरक्षण गर्नुपर्छ ।’

नगर प्रमुख खाँणले तिलोत्तमाले सबै पेशा र व्यवसायलाई समान रुपमा हेर्ने गरेको र नगरपालिकाले सहयोग गर्न सक्ने सबै कुरामा आवश्यक समन्वय गरी अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com