पेट्रोलियम पदार्थको मुल्य घटेसंगै घट्यो हवाईभाडा
काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडादर घटेको हो।
आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो। प्राधिकरणले काठमाडाैं–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घटाएर ६ हजार १० रुपैयाँ कायम गरेको छ। यसअघि यो रुटको हवाई भाडा ६ हजार ६२५ रुपैयाँ रहेको थियो। त्यस्तै, काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ कम भएको छ।
प्राधिकरणले सबैभन्दा कम छोटो दूरीमा रहेको काठमाडाैं–सिमराको हवाई भाडा १२५ रुपैयाँले घटाउँदै १ हजार २२५ रुपैयाँ कायम गरेको छ।
