2

Logo २०८३ बैशाख १४ सोमबार
खोजपत्रकारिता प्रशिक्षण कार्यक्रम पाल्पामा सम्पन्न

खोजपत्रकारिता प्रशिक्षण कार्यक्रम पाल्पामा सम्पन्न


Sabalnews प्रकाशित मिति : शनिबार, असार १६ २०८०
1.5K

पाल्पा ।

नेतृत्व राष्ट्रिय त्रैमासिकका लागि नेतृत्व मिडिया प्रालिको आयोजना, नेपाल पत्रकार महासंघ पाल्पाको समन्वय र पाल्पा भैरव दर्शन प्रालि (पाल्पा जिपलाइन) को सहयोगमा १ दिने खोजपत्रकारिता प्रशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

तालिममा अन्तराष्ट्रिय प्रेस काउन्सिलका महासचिव, प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष एवम् खोज पत्रकार किशोर श्रेष्ठ र बामपन्थी लेखक तथा बरिष्ठ पत्रकार कमल कोइरालाले सहजीकरण गर्नुहँुदै पत्रकारितामा कसरी खोजमूलक समाचार सामाग्री संकलन र प्रकाशन प्रसारण गर्न सकिन्छ ? खोज पत्रकारिताको महत्व लगायतको विषयमा जानकारी गराउनुभएको थियो । उहाँहरुले आफ्नो पत्रकारिताको अनुभव सहभागीहरुलाई सुनाउनुभएको थियो ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुहुँदै नेतृत्व राष्ट्रिय त्रैमासिकका प्रकाशक सम्पादक गोविन्द भट्टराईले पत्रकारिता क्षेत्रका अनुभवी ब्यक्तिहरुलाई ल्याई यहाँ संचालित सञ्चारमाध्यमका सम्पादक तथा स्टेशन प्रवन्धकका लागि खोजपत्रकारिताबारे प्रशिक्षण गर्ने योजना अनुुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । तालिम समापनमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष एवम् सल्लाहकार झपेन्द्र गहिरे, पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार राजेशकुमार अर्याल, नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

पत्रकार महासंघ पाल्पाका केन्द्रीय परिषद् सदस्य एवम् पाल्पा जीपलाइनका निर्देशक देव पचभैयाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाको अध्यक्षता र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो । तालिममा जिल्लामा संचालित पत्रपत्रिका, रेडियो टेलिभिजन तथा अनलाइन लगायतका सञ्चारमाध्यमका सम्पादक तथा स्टेशन प्रवन्धक लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com