2

Logo २०८३ बैशाख १३ आइतबार
पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कमल कोइरालालाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कमल कोइरालालाई


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार १५ २०८०
799

पाल्पा ।

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुष्पलालका सहकर्मी कमल कोइराला पुरस्कृत हुनुभएको छ ।

तानसेन नगरपालिका पाल्पाले स्थापना गरेको पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार २०७८ लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोइरालालाई हस्तान्तरण गर्नुभयो । प्रदेश प्रमुख शेरचनले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित दोषल्ला र सम्मानपत्रबाट सम्मानित गर्नुभएको हो ।

प्रदेश प्रमुख शेरचनले यस्ता ऐतिहासिक व्यक्ति, धरोहरलाई सम्मान गर्न पुरस्कार स्थापना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिदै लोकतन्त्र, प्रजातन्त्र स्थापनाको लागि महत्वपुर्ण भुमिका खेलेका व्यक्तिहरुलाई नया पुस्तामा चिनाउन, उनीहरुको योगदानलाई स्मरण गर्न यस्ता पुरस्कारले महत्वपुर्ण योगदान खेल्ने प्रदेश प्रमुख शेरचनले बताउनुभयो ।

पुस्स्कृत कोइरालाले आफुले केही पाउने भन्दा देशमा लोकतन्त्र, प्रजातन्त्र स्थापनामा आफु क्रियाशिल रहेको बताउदै पुष्पलालको विचारबाट प्रभावित भई कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रतिष्ठानका संरक्षक निवर्तमान नगर प्रमुख अशोक कुमार शाहीले ईतिहास स्मरण गराउन बिपि र पुष्पलाल स्मृति पुरस्कार स्थापना महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

विश्व प्रेस काउन्सिलका महासचिव किशोर श्रेष्ठले दृष्टि साताहिकमा कोइरालाको नेतृत्वमा आफुले काम गरेको स्मरण गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, विपि स्मृती प्रतिष्ठानका अध्यक्ष डा. टंक प्रसाद पन्त, प्रतिष्ठानका सदस्यका गणेश ज्ञवालीले पुष्पलालको जिवनीबारे बोल्नुभएको थियो । प्रतिष्ठानले गत बर्ष पुरस्कार  हिरण्यलाल श्रेष्ठलाई प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com