2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाको अनुगमन

रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाको अनुगमन


Sabalnews प्रकाशित मिति : मंगलबार, असार १२ २०८०
1.2K

पाल्पा ।

साझेदारीमा रामपुर नगरपालिकामा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत नगरका विभिन्न वडामा सञ्चालन भएको बाख्रापालनको परियोजनाका संयोजक सहित पत्रकारको टोलीले अबस्था अबलोकन तथा अनुगमन गरेको छ ।

रामपुर नगरपालिका तथा हेफर नेपालको आर्थिक सहयोग र बेस नेपालको सहजिकरणमा विगत २ बर्षदेखि कृषि तथा पशु उद्यम परियोजना चलिरहेको छ । बाख्रापालनमा प्रेरित र सहयोग गर्दै शुरु भएको कार्यक्रम अन्तर्गत अहिले नगरका विभिन्न वडामा महिला तथा युवालाई लक्षित गर्दै बाख्रापालन, करेसावारी तरकारी र घाँस खेतीमा परियोजनाले सहयोग गर्दै आएको छ । आयआर्जन र उद्यमसँग जोड्दै बिशेष गरि महिला, युवा तथा विपन्न परिवारलाई सघाउने लक्ष्यका साथ चलिरहेको परियोजनाको यस बर्षको प्रतिफल र यसको निरन्तरता बारे उद्यमी र पत्रकारबीच छलफल, अन्तरक्रिया र समस्या पहिचानको लागि अनुगमन गरेको कृषि तथा पशु उद्यमशिलता परियोजनाका नगर संयोजक सञ्जु परियारले जानकारी दिनुभयो ।

परियोजनाका प्रतिनिधि र पत्रकारको टोलीले रामपुर १० तल्लो कुमाल गाउँको मनकामना स्वालम्बन महिला समुह, रामपुर १० कै स्वामीभञ्ज्याङ्गमा रहेको सत्यवती स्वावलम्बन महिला समुहको प्रगति, नियमित भेटघाट र परियोजनाले पारेको प्रभाव बिषयमा जानकारी लिएको हो । मनकामना स्वाभलम्बन महिला समुहका अध्यक्ष गंगामाँया कुमालले परियोजनाले व्यवसाय शुरुवात मात्रै नभई परिचय गर्न नसक्नेलाई बोल्न सक्नेसँगै कमाउने र बचत गर्ने बानीको विकास गराएको बताउनुभयो । कमलामाँया कुमालले परम्परागत बाख्रा पालेपनि औषधी कुन र कतिबेला खुवाउनपर्छ भन्ने जान्ने भएपछि बाख्रापालन राम्रो लागेको बताउनुभयो ।

सत्यवती स्वालम्बन महिला समुहका अध्यक्ष सिर्जना वि.क.ले परियोजनाले विपन्न परिवारका सदस्य पहिचान गरि समुहमा माउ बाख्रा सहित बोका दिएपछि दिदीबहिनी बाख्रापालनमा हौसिएको बताउनुभयो । तालिम लिएपछि घरमै घाँसपात औषधीमुलो गर्न सक्ने बन्नुभएको छ बि.क.ले भन्नुभयो–बाख्रा उपहार पाएपछि दिदीबहिनी समुहमा बसेर काम गर्न हौसिनुभएको छ ।

२ दर्जनको हाराहारीमा समुहमा आबद्ध दिदीबहिनी मासिक बैठक बस्ने उद्यम र उद्यमशितला बिषयमा छलफल गर्ने, समयानुकुल बिउबिजन सहित बाख्रापालनका बिषयमा चिन्तन गर्ने र मासिक बचत गरि समुहबाट कम व्याजमा आफुहरुको आबश्यकता अनुसार रकम लिने गर्नुभएको छ । समुहमा आबद्ध हरेक सदस्यले उन्नत माउ बाख्रा पाउनुभएको छ । मापदण्ड पुरा भएका समुह सदस्यले बाख्रा खोर निर्माणलाई २० हजार सम्म सहयोग पाउनुभएको छ । परियोजनामा समुह मार्फत आबद्ध महिलाले माउ बाख्रा, बाख्राको औषधी, बिउबिजन सहित आबश्यक प्राविधिक ज्ञान पाउनुभएको छ ।
विगतमा बाख्रा तथा कुखुरापालन गर्दै आए पनि आवश्यक तालिमले उद्यमी बनाएको बताउदै परियोजना सञ्चालनमा निरन्तरता दिनुपर्ने समुह सदस्यको माग छ । साथै खोर निर्माण सहित घाँसको बिउबितरणमा पनि सहयोगको अपेक्षा गरेका बाख्रापालन किसानलाई परियोजना संयोजक परियारले नियमित बर्खासँगै गुल्मीदेखि उन्नत घाँसको बिउ विरुवा ल्याएर बितरण गर्ने जानकारी दिनुभएको छ ।

अबलोकन तथा अनुगमन टोलीमा पत्रकार इमानसिं राना, सीता डोटेल, सुशिला रेग्मी, दुर्गेश मल्ल, शोभाकान्त पाठक, प्रकाश ज्ञावली, रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाका सामुदायिक सहजकर्ता निर्मला पौडेल र शुस्मा आले सहभागी हुनुहुन्थ्यो ।

टोलीले रामपुर १० को मनकामना स्वावलम्वन समुहका गंगादेवी कुमाल,संगिता कुमालको खोर र बोका, भञ्ज्याङ्बारी स्वावलम्बन महिला समुहका सदस्य सिर्जना सुनारको बाख्रापालन, रामपुर ८ कोल्टार स्वावलम्बन महिला समुहका सदस्य राधा सार्की, रामपुर ६ गैटारको कालिका महिला स्वावलम्बन समुहका सदस्य विमला शाही, तालपोखरा महिला स्वावलम्बन समुहका सदस्य हरिमायाँ घर्ती र रामपुर नगरपालिका वडा नं. ७  स्थित भिम बहादुर ढेंगाको मौलाकालिका बाख्रा फर्म र दिपेन थापाको बंगुर फर्म अबलोकन गरेको हो ।

टोलीले युवा स्वरोजगार अन्तर्गत वडा नं. १० होस्दीमा ज्ञान प्रसाद भण्डारीको भण्डारी कृषि तथा पशुपालन फर्म, याम बहादुर सारुको सारु बंगुर फर्मको अबलोकन अनुगमन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com