2

Logo २०८३ बैशाख १४ सोमबार
रैनादेवी छहरा गाउँपालिकाको  १४ औ गाउँसभा शुरु

रैनादेवी छहरा गाउँपालिकाको  १४ औ गाउँसभा शुरु


Sabalnews प्रकाशित मिति : आइतबार, असार १० २०८०
792

पाल्पा ।

जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकाको  १४ औ गाउँसभा शुक्रवार गाउँपालिकाको सभाहलमा शुरु भएको छ ।

गाउँसभामा रैनादेवी गाउँपालिकाका अध्यक्ष रुक्माङत भट्टराईले आगामी बर्ष २०८०/८१ को लागी निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । निती तथा कार्यक्रममा कृषि तथा पशु,स्वास्थ्य, गुणस्तरीय शिक्षा,स्थानीय कला संस्कृतीको संरक्षण जस्ता बिषयलाई जोड दिएको छ ।

चालु आर्थिक बर्षमा शुरु भएको गुल्मी, अर्घाखाची र रुपन्देही जिल्ला जोड्ने सडक निर्माण लाई निरन्तरता, १५ शैयाको अस्पताल निर्माण, छहरा स्वास्थ्य चौकीमा आकस्मिक सेवा संचालन, एक वडा एक गौरवको आयोजना, विधालय नर्सिंङ कार्यक्रम विस्तार , एसइइ उत्रिर्ण गरिव जेहेन्दार विधार्थीहरु लाई प्राविधिकर धारको अध्ययनमा छात्रबृत्ति, कक्षा ८ माथीका छात्राहरुलाई आत्मरक्षा तालिम, छात्राहरु लाई विधालयमै निशुल्क प्याडको व्यबस्था  जस्ता कार्यक्रम निती तथा कार्यक्रममा समेटिएका छन । महिलाको सिप क्षमता तथा नेतृत्व विकास गर्ने, गर्भवती महिलाको लागी आमा सुरक्षा र नवजात शिसुको पोषण कार्यक्रम, ७५ बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको लागी घरमै सामाजिक सुरक्षा कार्यक्रम र विश्राम स्थल निर्माण,  कटौजेपानी खेलमैदान लाई थप स्तरउन्नती गर्दै जाने, अध्यक्ष कप तथा वडा स्तरमा विभिन्न खेलकुद प्रतियोगिता गर्ने, वडा वडामा आवश्यकता अनुसार खेलमैदान निर्माण गर्ने, कृषि तथा पशुपंक्षी तर्फ एक घर एक करेसावारी, तरकारी उत्पादनमा आत्मनिर्भर, कृषि पकेट क्षेत्र, सामुहिक रुपमा व्यबसायिक खेती, बाझो जमिनमा सामुहिक करार खेती, रैथाने वाली तथा विउ संरक्षण, कृषि एम्वुलेन्सको व्यबस्था, पालिका लाई मासु, अण्डा, दुध र तरकारीमा आत्मनिर्भर निति तथा कार्यक्रममा समेटिएको छ ।

अध्यक्ष भट्टराईले पेश गरेको निती तथा कार्यक्रममा सहकारी तथा वित्तिय क्षेत्र, उधोग तथा पर्यटन, पुर्वाधार विकास, भवन तथा आवास सहरी विकास, सिंचाई उर्जा तथा विधुत, सूचना तथा संचार, वन वातावरण तथा विपद, सशासन तथा संस्थागत विकास जस्ता विषयबस्तु समेटिएका छन । प्रस्तुत निति तथा कार्यक्रममा माथि कार्यपालिका सदस्य सूर्य बहादुर कार्की, वडा सदस्य धन बहादुर रायमाझी लगायतले जिज्ञासा राखेका थिए । कार्यक्रममा उपाध्यक्ष युवराज थापा, प्रवक्ता देवेन्द्र पुन सहित सम्पुर्ण जनप्रतिनिधी प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु सहित कर्मचारीहरु पत्रकारहरुको सहभागिता रहेको थियो ।

सभाका अध्यक्ष एवम गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले प्रस्तुत गरेको निति तथा कार्यक्रम बहुमतका साथ पारित भएको छ । बजेट भाषण आइतबार १० गते सभाका उपाध्यक्ष एवम गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले प्रस्तुत गर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com