2

Logo २०८३ बैशाख १४ सोमबार
तानसेन नगरपालिकाको आगामी बर्षको बजेट १ अर्ब २ करोड ८ लाख

तानसेन नगरपालिकाको आगामी बर्षको बजेट १ अर्ब २ करोड ८ लाख


Sabalnews प्रकाशित मिति : आइतबार, असार १० २०८०
750

पाल्पा ।

तानसेन नगरपालिकाले आगामी आ.व.२०८०/०८१ का लागि एक अर्ब २ करोड ८ लाखको बजेट ल्याएको छ । नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर बजेट ल्याएको हो ।

आइतबार भएको १३ औँ नगरसभामा उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले आगामी आवका लागि तय भएको बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो । उहाँले कुल बजेटको ५५ प्रतिशत चालु खर्च र ४५ प्रतिशत पूँजिगत खर्च गर्ने गरी बजेट ल्याएको जानकारी दिनुभयो ।

नगरपालिकाले गत वर्षको तुलनामा २७ प्रतिशतले कम बजेट ल्याएको हो । गत आवमा नगरपालिकाले एक अर्ब ४० करोडको बजेट ल्याएको थियो ।

यो वर्ष संघ, प्रदेशबाट आउने अनुदान बजेट कम भएकाले बजेटको आकार घटेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आवमा सात करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा उक्त लक्ष्य पूरा हुने नगर उपप्रमुख सिंजालीले बताउनुभयो । उहाँले आगामी आवका लागि ९ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बताउनुभयो । नगरसभामा नगरसभा सदस्यहरूले आवश्यक सुझाव दिएका थिए ।

१३ औँ नगरसभाबाट विनियोजन विद्ययेक, आर्थिक विद्ययेक, साझेदारी कार्यक्रम सञ्चालन गर्न बनेको विद्ययेक, फोहोरमैला व्यवस्थापन गर्न बनेको विद्ययेक पारित गरेको छ । सभामा वडा अध्यक्षहरू हेमन्तराज शाक्य, सुनिलकुमार बस्याल, बावुरत्न शाक्यलगायतले विद्ययेक पेश गर्नुभएको थियो ।

यस्तै नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रतीक्षा सिंजाली गाहाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरपालिकाको न्यायिक समितिबाट सम्पादित मुद्दाहरूको बारेमा जानकारी दिनुभयो । यस्तै लेखा समितिको प्रतिवेदन समितिका संयोजक तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले प्रस्तुत गर्नुभएको थियो । लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अर्यालले नगरपालिकाले बेरुजु घटाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो ।

नगरपालिकामा बेरुजु घटाउन सार्वजनिक सूचना नै आह्वान गरेर बाँकी रहेको अशुलउपर गरेर बेरुजु घटाउनुपर्ने बताउनुभयो । १३ औँ नगरसभा नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com