प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव खरेबिच भेट
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अतुल खरे बिच शिष्टाचार भेट भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय डिपार्टमेन्ट अफ अपरेसनल सपोर्टका उपमहासचिव समेत रहनुभएका खरेसंग नेपाल–संयुक्त राष्ट्रसङ्घबिचको साझेदारी थप प्रगाढ बनाउन तथा आपसी हितसम्बन्धी विविध विषयमा छलफल भएको छ।
उपमहासचिव खरेले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि शिष्टाचार भेट गरी आवश्यक सहयोग आदान-प्रदान र भावी सहकार्यका विषयमा छलफल गर्नुभयो। उहाँ शान्ति स्थापनासम्बन्धी सातौँ अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन नेपाल आउनुभएको हो।