मुख्यसचिवको जिम्मेवारी वैकुण्ठ अर्याललाई, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार
काठमाडौँ ।
बिहिबार बिहान बसेको मन्त्रीपरिषद बैठकले मुख्यसचिवको जिम्मेवारी डा. वैकुण्ठ अर्याललाई दिएको छ ।
सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएका अर्याललाई मन्त्रीपरिषदको आकस्मिक बैठकले मुख्यसचिव तोकेको हो । यसअघिका मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरेको छ।
बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउँदै वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त मुख्यसचिव अर्यालले उद्योग सचिव, सञ्चार सचिव र प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव भएर काम गरिसक्नुभएको छ । आगामी असोजमा बैरागीको अबकास हुने समय थियो । मुख्य सचिव नहुदै अर्यालको अबकाश हुने समय भएकोले बैरागीलाई अन्यत्र लगेर अर्याललाई मुख्यसचिव बनाईएको हो ।