2

Logo २०८३ बैशाख १३ आइतबार
भुस्याहा कुकुरको बिगबिगी बढेपछि रामपुर नगरले गर्‍यो कुकुरको स्थायी बन्ध्याकरण

भुस्याहा कुकुरको बिगबिगी बढेपछि रामपुर नगरले गर्‍यो कुकुरको स्थायी बन्ध्याकरण


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ ३१ २०८०
1.2K

पाल्पा ।

भुस्याहा कुकुरको बिगबिगी बढेपछि न्यूनिकरणका लागि पाल्पाको रामपुर नगरपालिकाले २ दिने स्थायी बन्ध्याकरण तथा रेविज भ्याक्सिन शिविर सुरु गरेको छ ।

कुकुरबाट पशु चौपाया संगै मानिसमा रेविज तथा अन्य रोगको जोखिम बढ्न थालेपछि रामपुर नगरपालिकाको आर्थिक सहयोग र वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा नामक संस्थाको सहकार्यमा कुकुरको स्थायी बन्धयाकरण तथा रेविज भ्याक्सिन शिविर चलाएको हो ।

रामपुर नगरपालिका ४ देविस्थान स्थित कालिका माध्यमिक विद्यालयमा भएको शिबिरमा पशु चिकित्सकले भुस्याहा कुकुरको बन्ध्याकरण गरेका हुन् ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ककुर घरपालुवा जनावर भए पनि भुस्याहा कुकुरको कारण नगरमा आतंक फैलिएको बताउँदै रेविज तथा कुकर बाट सर्न सक्ने क्यान्सरको जोखिम न्यूनिकरणको लागि शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका अध्यक्ष विपिन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना, पशुचिकित्सक डाक्टर अविनाश क्षेत्रीले विश्वमा सन् २०३० भित्र रेविज मुक्त गर्न विश्वभर कार्यक्रम सञ्चालन भैरहेकोमा नेपालमा पनि प्रयास हुँदै आएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com