2

Logo २०८३ बैशाख १३ आइतबार
रुपन्देहीको तिलोत्तमा बन्ने निजि लगानीको क्रिकेट रंगशालाको शिलान्यास

रुपन्देहीको तिलोत्तमा बन्ने निजि लगानीको क्रिकेट रंगशालाको शिलान्यास


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ २९ २०८०
1.2K

रुपन्देही ।

रुपन्देहीको तिलोत्तमामा निजि लगानीमा २५ हजार दर्शक अट्ने क्षमताको क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।

तिलोत्तमा वडा नंं १७ पुर्ब दरखसवामा पौने ५ बिघा क्षेत्रफलमा निजि लगानीमा नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला बन्ने भएको हो । एक्स्ट्राटेक ओभल नामक रंगशालाको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलान्यास गर्नुभयो ।

९ बर्षदेखि अस्ट्रेलियामा सूचना प्रबिधि क्षेत्रको ब्यबसाय गर्दै आउनुुुभएका बिनोद कुँवर र सुदिच्छा गौतमको लगानीमा पहिलो बर्ष ५ हजार दर्शक क्षमताको र हरेक बर्ष ५ हजार क्षमता थप्दै ४ बर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य लिईएको छ ।

यो क्रिकेट रंगशाला होस्टेल, एकेडेमी र तालिम केन्द्र सहितको हुने एक्स्ट्राटेक ओभल प्रालिका प्रबन्द निर्देशक बिनोद कुंवरले बताउनुभयो । आफु क्रिकेटको पारखी भएकाले खेलको विकासमा निजी क्षेत्रबाट योगदान गर्ने उद्देश्यले रंगशालामा लगानी गरेको उहाँले बताउनुभयो ।

चार तलाको भवन सहितको रंगशालामा एकेडेमी र तालिम केन्द्र संचालनका लागि पुर्ब राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रालिका चिफ अप्रेटिङ अफिसर सुदिच्छा गौतमले बताउनुभयो । एक बर्षमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्माउने काम भैसकेको बिनोद कुंवरले बताउनुभयो। रंगशाला चार वर्षमा पूरा हुनेछ ।
सो अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले रुपन्देही जिल्ला क्रिकेटको उर्बरभूमि भएको र अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला बनेपछि खेलाडी उत्पादन र प्रतियोगिता आयोजना मात्र नभई खेल पर्यटनमार्फत समग्र नगरको विकासमा योगदान पुग्ने बताउनुभयो।

नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी लगायतले रंगशाला बनेपछि रुपन्देहीले क्रिकेटमा फड्को मार्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com