2

Logo २०८३ बैशाख १३ आइतबार
भारतीय अबैध रासायनिक मल पाल्पामा बरामद

भारतीय अबैध रासायनिक मल पाल्पामा बरामद


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २७ २०८०
3K

पाल्पा ।

नवलपरासीबाट पाल्पा ल्याउदै गरेको भारतीय रासायनिक मल कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको पिपलडाँडा-रामपुर सडकखण्डको रम्भा गाउँपालिका १ हुँगीबाट प्रहरीले बरामद गरेको छ ।

३ सय ७२ बोरा मल पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौर कसियाबाट पाल्पाको रामपुर नगरपालिका बेझाडतर्फ लिएर आएकोमा ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतीय कम्पनीको अवैध रासायनिक मल लिएर आएको लु २ ख ३८१ नम्बरको ट्रक चेकजाँचको क्रममा मल भेटिएपछि ट्रक सहित मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

हुँगी प्रहरी चौकीको टोलीले जाँच गर्दा ट्रकभित्र भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल बरामद भएको हो । पहिले मलको बिल दिएकोमा खोजतलास गर्दा मलको बिल भेटिएको थियो । उक्त मल रामपुरस्थित प्रतिमा प्रतिक इन्टरप्राइजेजको नाममा आएको खुलेको छ ।

पाल्पाको हुँगी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रामपुरले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । थप अनुसन्धान गरि भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ । फेला परेको ३ सय ७२ बोरा भारतीय रासायनिक मल, त्यसका बिल, आयात गर्ने व्यापारीलगायतका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताउनुभयो । रामपुरमा मल स्टोर गरेको भेटिएको र मल के कसरी राखेको भन्ने अनुसन्धान गरिरहेको देवकोटाको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com