2

Logo २०८३ बैशाख १४ सोमबार
युवाको सक्रियताबाट मात्र आर्थिक समृद्धि सम्भव छ- पुन

युवाको सक्रियताबाट मात्र आर्थिक समृद्धि सम्भव छ- पुन


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २७ २०८०
414

दाङ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधानसभा सदस्य अमरसिंह पुनले युवाको सकृयता र सहभागिताले मात्र नेपालले आर्थिक समृद्धि प्राप्त गर्न सक्ने बताउनुभएको छ ।

शनिवार दाङको घोराहीमा प्राइम सेवाको सेवा शुभारम्भ गर्दै सभापति पुनले उद्योग, पर्यटन, उत्पादन र सेवाको क्षेत्रमा राज्यले युवालाई आकर्षण गर्न विशेष सहयोग गर्नुपर्ने बताउनु भयो । विज्ञान, प्रविधि र खोज अनुसन्धानको क्षेत्रलाई थप फराकिलो बनाउदै राष्ट्रको आर्थिक गतिविधि चलायमान बनाउनु पर्ने धारणा राख्नुभयो ।

सभापति पुनले भन्नुभयो-“हिजो समय फरक थियो, युवाको आकर्षण र लक्ष्य फरक थियो,आज प्रविधि र विज्ञानले संसार चलाइरहेको छ । हाम्रो दैनिकी सरलीकरण हुदैछ । युवाको आकर्षण डिजिटलाइजेसन अत्याधिक छ । युवाको आकर्षणलाई अब राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्न सक्ने बनाइनु पर्छ”। राज्यले विद्यमान नितिमा व्यापक सुधार गर्दै युवालाई स्वदेश मै रहन प्रोत्साहित हुने कार्यक्रम संचालन गर्नुपर्नेमा सभापति पुनले जोड दिनुभयो ।

सेवा शुभारम्भ गरेको प्राइम सेवाले दाङ आसपासको क्षेत्रमा समुदायको माग र आवश्यकता बमोजिम गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com