निस्दीमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
पाल्पा ।
निस्दी गाउँपालिका पाल्पामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
निस्दी गाउँपालिका पाल्पाको आयोजना भएको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय बाल मन्चका अध्यक्ष निस्दी-५,गल्धाका जेनिशा सोती प्रथम हुनुभएको छ ।
जम्मा ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा बालहित माध्यमिक विद्यालय सहलकोटका निश्चल राना द्वितीय भएका छन् । त्यसैगरी जनक माध्यमिक विद्यालय झिरुबासका शान्ति राई तृतीय र जनता माध्यमिक विद्यालय गल्धाका आशिष बयम्बुले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
“रक्तदान जीवन दान” शीर्षक रहेको वक्तृत्वकला प्रतियोगिता गौरीशंकर माध्यमिक विद्यालय मित्यालमा सन्चालन भएको थियो ।
गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारीले विद्यालयको साप्ताहिक क्रियाकलाप सन्चालनले यस्ता कार्यक्रम सन्चालन गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले विद्यालय उमेरका बालबालिकाहरुलाई यस्ता कार्यक्रमले विशेष अर्थ राख्ने भएकोले विद्यालयमा कार्यक्रम सन्चालन गर्न गाउँपालिकाले सुझाव दिनुभएको थियो ।
वडा नम्बर-४,मित्यालका वडा सदस्य विक्रम सारुको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन बालमैत्री शाखाका प्रमुख कुश्माखर पाण्डेले गर्नुभएको हो ।