2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरमा विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना

रामपुरमा विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ २५ २०८०
2.4K

पाल्पा ।

रोटरी क्लब अफ तानसेन पाल्पाको आयोजनामा नवदुर्गा माध्यमिक विद्यालय रामपुर नगरपालिका ६ पाल्पामा सर्पदंश सम्बन्धि विद्यार्थीलाई सचेतना दिइएको छ ।

सर्प बिज्ञका रुपमा लामो समयदेखि सर्प समात्ने र यसबारे सचेतना फैलाउदै आउनुभएका सर्पकिङ सागर पाण्डेले विद्यार्थीलाई सर्पको जात, देख्दा र सर्पको टोकाईबाट सर्प चिन्ने तरिका तथा सर्प नजिक हुँदा अपनाउनुपर्ने साबधानी र सर्पले टोकेमा गर्न सकिने प्राथमिक उपचार र अस्पताल जानुपर्ने बिषयमा सहजिकरण गर्नुभएको हो ।

विद्यालयका कक्षा ८,९ र १० का विद्यार्थीलाई लक्षित गरि आयोजना गरेको कार्यक्रममा विद्यार्थीले उत्साहित हुँदै जिज्ञासा राखेका थिए । प्रशिक्षणमा वडाका जनप्रतिनिधि, विद्यालय समिती, अभिभावकको सहभागिता रहेको थियो ।

रोटरी क्लब अफ पाल्पा तानसेनका अध्यक्ष कलावती दाहालले सामाजिक उत्तर्दायित्वमा केन्द्रको सहकार्यमा विद्यार्थीबाट घर घर सम्म सर्पबारे सचेतना दिदा धेरैमा जानकारी दिई सुरक्षित गराउन सकिने हुँदा विद्यार्थीलाई यसबारे प्रशिक्षण दिइएको बताउनुभयो । यो प्रशिक्षणले सर्प चिन्ने र सुरक्षित रहने प्रयास गराउछ दाहालले भन्नुभयो- अरुलाई सुनाउन भन्नको लागि पनि हामीले ज्ञान विद्यार्थीलाई दिइएको हो । गर्मी मौसम चढे संगै सर्पको टोकाईका केस अस्पतालमा धेरै आउने हुँदा  बच्न र बचाउन तालिमका ज्ञानलाई आत्मसाथ गर्न अनुरोध गर्नुभयो ।
रोटरी क्लब अफ रामपुरका अध्यक्ष रुद्र नारायण श्रेष्ठले सर्पको जोखिम बढी रहेको रामपुर उपत्यकामा यो सचेतनाले निकै प्रभाव बनाएर विद्यार्थी अभिभावकलाई सचेत बनाउने बताउनुभयो ।

विद्यालयका प्रध्यानध्यापक भानुभक्त न्यौपानेले जुनसुकै सर्पलाई पनि मार्नपर्छ भन्ने आम मानिसको धारणा हुने बताउदै वातावरणीय रुपले पनि सर्प चाहिने भएकोले सबै सर्प मार्न नहुने बताउनुभयो । सर्प चिनेर बिषालु छ छैन यदि यो बाट हामी असुरक्षित महशुस भए मार्ने हो तर हामीले प्रकृति जोगाउने सर्पलाई पनि मार्ने गरेका छौ, सर्पबारे चनाखो र ज्ञान बढाउदै जानु आबश्यक रहेको बताउनुभयो ।

रोटरी क्लब पाल्पाले विद्यालयमा सचेतना ल्याएर जिल्लामै सर्पको जोखिम बढी रहेको रामपुरमा विद्यार्थी मार्फत आम परिबारमा सर्पबारे ज्ञान दिनु आफैमा सह्रानिय रहेको नबदुर्गा माबिका शिक्षक दिपेन्द्र भट्टराईले बताउनुभयो । कार्यक्रमको संचालन द्रोण भुषालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com