2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर साहित्यिक प्रतिष्ठानकाे दाेश्राे अधिवेशन सम्पन्न, गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन

रामपुर साहित्यिक प्रतिष्ठानकाे दाेश्राे अधिवेशन सम्पन्न, गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन


समिर पौडेल प्रकाशित मिति : सोमबार, जेष्ठ २२ २०८०
4.2K

पाल्पा ।

रामपुर साहित्यिक प्रतिष्ठानकाे आठाै वार्षिक साधारण सभा तथा दाेश्राे अधिवेशन कार्यक्रम भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बासुदेव ढकालकाे अध्यक्षतामा राधाकृष्ण मन्दिर रामपुर नगरपालिका वडा नं ५ मा भएको कार्यक्रममा  अध्यक्ष ढकालले संस्था स्थापना देखि हालसम्मका गतिविधिबारे जानकारी गराउनु भएको थियो । रामपुर क्षेत्रमा लुकेर रहेका साहित्य श्रष्टाहरु संस्था गठन भएपछि संस्थागत रूपमा अगाडि बढेको र पछिल्लो समय साहित्यमा विभिन्न उमेर समुहकाे आकर्षण बढेको अध्यक्ष ढकालले बताउनुुुभयो।

लुम्बिनी वाङमय प्रतिष्ठान पाल्पाका अध्यक्ष कृष्णकला भण्डारीले अन्य साहित्यिक संस्थाकाे तुलनामा यस संस्थाले रचनात्मक कार्य गरेको बताउदै आफुले सक्दाे सहयोग गर्ने बताउनुभयो । संस्थाका सचिव गाेविन भट्टराईले संस्थाकाे वार्षिक प्रतिवेदन पढेर सुनाउनुभयो ।

उपाध्यक्ष हुमा देवकोटाले स्वागत गर्नु भएको कार्यक्रमकाे संचालन सचिव गाेविन भट्टराईले गर्नुभएको हाे । सोही अबसरमा रचनाकार दिपकमणि अर्याल र राधाकृष्ण मन्दिरका अध्यक्ष शिवकुमारी वाग्लेलाई सम्मान गरिएको छ ।

यसैबीच, अधिवेशनले मित्रलाल गाैतमको अध्यक्षता ११ सदस्यीय साहित्यिक प्रतिष्ठानको नयाँ समिति चयन भएको छ । समितिकाे उपाध्यक्षमा हुमा देवकाेटा, सचिवमा दिपकमणि अर्याल, सह सचिवमा शाेभा केसि, काेषाध्यक्ष कुन्तादेवि गैरे, सदस्यहरुमा समीर पाैडेल, नारायण प्रसाद ओस्ति, मनाेज भुजेल, दानस मल्ल, तारा तिवारी, नाेलराज भण्डारी र सरिता रेग्मी चुनिनु भएको छ ।

नवनिर्वाचित समितिका अध्यक्ष मित्रलाल गाैतमले संस्थाकाे नीति नियममा रहेर काम गर्ने प्रतीवद्द्ता जनाउनुभयो । संस्थाका सल्लाहकार लेखनाथ शर्मा मरासिनीले साहित्यिक प्रतिष्ठानले रामपुरमा हरेक महिना नियमित रचनावाचन गरेर छरिएर रहेका साहित्यिक श्रष्टालाई एकिकृत गरेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com