५० प्रतिशत अनुदानमा गल्याङ नगरपालिकाका किसानलाई मौरीको घार वितरण
स्याङ्जा ।
स्याङ्जाको गल्याङ नगरपालिकाले नगरका किसानहरुलाई मध्यनजर गर्दै अनुदानमा मौरीको घार बितरण गरेको छ ।
आर्थिक बर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गत वडा न १ देखि ११ सम्मका कृषक छनौट गरि ५० प्रतिशत अनुदानमा मौरी सहितको घार बितरण गरिएको नगरपालिकाले जनाएको छ ।
मौरी सहितको ७६ घार र खाली घार १८ गरि ९४ वटा घार पालिका भित्रका ३५ जना मौरी पालन गर्न इच्छुक कृषकहरुलाइ नगरप्रमुख गुरुप्रसाद भट्टराई र नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले हस्तान्तरण गर्नुभयो ।
घार बितरण गर्दै नगरप्रमुख गुरु प्रसाद भट्टराईले कृषकहरुलाई उत्पादनमुखी बनाउनको निम्ति किसानहरुलाई घार बितरण गरेको बताउनुभयो । राज्यले कृषि नीति बनाउँदा दुर्गम तथा ग्रामीण क्षेत्रमा कृषि सहकारी वा लघुवित्त संस्थाको माध्यमबाट स्थानीय निकायको परिचालन गरी सामुहिक खेती प्रणालीको अबधारणा अगाडी ल्याउनुपर्छ, भट्टराईले भन्नुभयो- गरिबी तथा बेरोजगारी घटाउन कृषि पेसालाई सक्रिय सहभागिता, बलियो आधार र दिगो पेसा बनाउनको निम्ति किसानको आवश्यकतामा आधारित रहेर नगरपालिकाले कृषिमा सहयोग गर्दै आएको बताउनुभयो ।

कृषि कर्ममा लाग्ने कृषकलाई परम्परागत कृषि प्रणाली भन्दा व्यवसायिक आधुनिक खेतीमा अगाडि बढ्न आग्रह गर्दै त्यस अभियानमा आफू र नगरको तर्फबाट साथ सहयोग रहने बताउनुभयो। कृषकले उत्पादन गरेका बस्तुको बजारीकरण तथा अनुदान प्रदान गर्ने पक्षमा आफू रहेको र नगरपालिकाले साथ दिने भट्टराईले उहाँको भनाई थियो ।