2

Logo २०८३ बैशाख १३ आइतबार
विश्व वातावरण दिवसमा नबदुर्गा माबिमा सरसफाइ

विश्व वातावरण दिवसमा नबदुर्गा माबिमा सरसफाइ


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ २२ २०८०
6.1K

पाल्पा ।

नबदुर्गा माध्यमिक विद्यालय रामपुर ६ मा विश्व वातावरण दिवसको अवसरमा विद्यालय वरपर सरसफाई गरिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा वातावरण सफा र स्वच्छ राख्न सबैको समान दायित्व र जिम्मेवारी रहने भएकोले विद्यालयका विद्यार्थी, शिक्षकले विद्यालय वरपर सरसफाइ गरेका हुन् ।

बार्षिक कार्यक्रम अन्तर्गत दिवसको अबसरमा सरसफाई कार्यक्रम गरिएको विद्यालयका सुचना अधिकारी तथा सहायक प्रध्यानध्यापक कोमल चन्द्र कंडेलले बताउनुभयो ।

विद्यालय वरपर रहेका कागजजन्य चिजहरुले बातावरणलाई दुषित बनाउने हुदा यस्ता बस्तुहरु संकलन पश्चात नष्ट गरिएको हो । सफा वातावरणमा पढ्न र पढाउन पर्छ भन्ने ध्ययले बार्षिक कार्यक्रम अनुसार नै विद्यालय हाताभित्र सरसफाइको आयोजना गरिएको कक्षा १० का बिध्यार्थी समिर अधिकारीले बताउनुभयो ।

कक्षा ९ र १० का बिध्यार्थीहरुको सक्रियता र शिक्षकहरुको सहयोगमा सरसफाईलाई अभियानको रुपमा लगेको शिक्षक दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

सबै मिलेर गाउँ टोल, समुदाय र समाजलाई सरसफाईको माध्यमबाट सकारात्मक उर्जा दिई मेलमिलापको भावनामा समेत जाग्रित गराउने हुदा सरसफाई कार्यक्रम गरिएको बिध्यालयका प्रध्यानध्यापक भानुभक्त न्यौपानेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com