2

Logo २०८३ बैशाख १४ सोमबार
सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा ३ जना अझै बेपत्ता

सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा ३ जना अझै बेपत्ता


Sabalnews प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९ २०८०
3.3K

सिन्धुली ।

सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा ३ जना अझै  बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ।

खोटाङका लागि हिडेका उनीहरु सवार गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी बिहान करिब ११:३० बजे नदीमा खसेको प्रत्यक्षदर्शीको भनाई छ ।

गाडी सडकबाट झण्डै १ सय ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।

गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरीको उद्धार गरिएको छ। सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव सहित अन्य ३ जना बेपत्ता छन्।

सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेल बेपत्ता छन् उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभएको छ ।

उद्धारको लागि नजिकका सशस्त्र प्रहरी बल, गुल्म र नेपाल  नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ७ जना गोताखोर टोली खटिएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com