2

Logo २०८३ बैशाख १४ सोमबार
धर्मोदय दशावतार बालन समूहको चौथो अधिबेशनबाट नयाँ नेतृत्व चयन

धर्मोदय दशावतार बालन समूहको चौथो अधिबेशनबाट नयाँ नेतृत्व चयन


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ १३ २०८०
3.4K

पाल्पा ।

बिश्वमै लोपोन्मुख रहेको र पाल्पाको पुर्व रामपुरमा संरक्षित  धर्मोदय दशावतार वालन सांस्कृतिक समूहको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।  रामपुर ७ साउनेधारामा भएको अधिबेशनले हरि प्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत  चयन गरेको जनाएको छ ।

समितिको उपाध्यक्षमा केशवराज ज्ञावली, सचिवमा दुर्गा प्रसाद भट्टराई, सहसचिवमा शिवराज पाण्डे, र कोषाध्यक्षमा दिपेन्द्र प्रसाद पौड्याल रहनु भएको छ । समितिको सदस्यहरुमा हुमनाथ पोखरेल, निर्मला पंगेनी, लक्ष्मण भट्टराई र सुनिल आचार्य रहनु भएको छ ।

अधिबेशनमा रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले दशावतार बालनले नेपाल मात्रै नभई विश्व जगतमा महिमा राख्न सफल भएको बताउनुभयो । बालनले रामपुरको पहिचानमा मद्धत पुर्‍याएको तिवारीको भनाई थियो ।

नेपाल सरकारका पूर्व उपसचिव कृष्ण प्रसाद पौडेलले बालनको संरक्षण स्थानीय जुरमुराउनु राम्रो भएको बताउनुभयो । बोल्ने बत्ताहरुले बालन टिकाई राख्न र बिकाई राख्नपर्नेमा जोड दिनुभयो ।

साधारण सभाको अवसरमा समितिका कोषाध्यक्ष मनोरथ भट्टराईले पेेेश गर्नुुुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।

धर्मोदय दशावतार वालन सांस्कृतिक समूहका कार्यवाहक अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव शिवराज पाण्डेको स्वागतबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दुर्गा प्रसाद भट्टराईले गर्नुभएको हो ।

बि. स. २०७० सालमा स्थापना भएको समूहले स्थापना देखि लोपन्मुख अवस्थामा रहेको दशावतार बालनको संरक्षणको लागि जिल्ला र जिल्ला बाहिर गएर प्रचार, अभियान र कार्यक्रम गर्दै विविध प्रयास गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com