2

Logo २०८३ बैशाख १४ सोमबार
कार्यतालिका अनुसार भुक्तानीमा व्यस्त छौं, पालिकाबासीको समग्र विकासमा काम लाग्यौ- घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पोखरेल

कार्यतालिका अनुसार भुक्तानीमा व्यस्त छौं, पालिकाबासीको समग्र विकासमा काम लाग्यौ- घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पोखरेल


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ९ २०८०
1.7K

तनहुँ ।

भौतिक बिकास मात्र होइन मानव विकासमा पनि उत्तिकै चासोका साथ तनहुँ जिल्लाको घिरिङ गाउँपालिका लागेको छ । गाउँविकासबाटै समृद्धि ल्याउने उद्घोष सहित घिरिङ गाउँपालिकाले सडक,पुर्वाधार, भवन, कृषि, पर्यटन तथा शिक्षा र स्वास्थ्य एवं सीपमुलक कार्यक्रमलाई संग संगै लगेको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको पश्चिम दक्षिण भागमा फैलिएको घिरिङ गाउँपालिका पहाडी भुभाग भएको क्षेत्र हो । यहाँ बिकासको काम निरन्तर हुँदै गएको छ । आम नागरिकलाई सहज र सरल सेवामा दत्तचित्त घिरिङमा समग्र विकासलाई जोड दिएको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताउनुभयो ।

यतिबेला विभिन्न योजना तथा कार्यक्रमको भुक्तानीमा व्यस्तता बढेको छ । चालू आर्थिक वर्षका कार्यक्रम समयमा नै सक्न कार्यपालिका बैठकबाटै निर्णय गरेपछि तालिका अनुसारकै काम भएको घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले बताउनुभयो ।
यस बर्ष काम छिटो गर्ने र सक्ने योजना सहित लागेकोमा जेठ १५ मा भुक्तानी सक्ने गरि चालुबर्षमा काम गरिएको बताउनुभयो ।

असार मसान्तसम्म काम गरिदा दिगो र टिकाउ नहुने भन्दै गाउँकार्यपालिकाको बैठकबाट चैत १५ भित्र सम्झौता गरिसकेर जेठमै काम सक्ने गरि निर्णय बमोजिम कार्यान्वयनमा लागेका हौ- पोखरेलले भन्नुभयो । कृषि र पर्यटनबाटै अगाडि बढ्ने प्रशस्त संभावना रहेको यस गाउँपालिकामा स्थानीय उत्पादन र स- साना व्यबसायदेखि आयआर्जनको मार्गप्रशस्त गराउन गाउँपालिका लागिरहेको पोखरेलको भनाई छ ।

कृषकलाई तालिम, प्राविधिक सहयोग र अनुदान, महिलालाई सचेतना तथा सीप विकास, सीपमुलक तालिम र सामाग्री बितरण देखि ठुला मोटरबाटो पिच र शाखाबाटो स्तरोन्नतिमा पालिकाले यस बर्ष राम्रो काम गरेको छ ।

सेवा प्रवाहमा सेवाग्राही अलमलिन नपर्ने र ढिलासुस्ती नहुने गरि कागजपत्र मिलेको खण्डमा १०/१५ मिनेटमा काम गरिसक्नुले पनि सेवाग्राहीलाई सहज भएको अनुभूति पाएको पोखरेलले सुनाउनुभयो । सेवा चुस्तदुरुस्त बनाउन कार्यालय परिषर र कार्यालय व्यबस्थापनमा पनि चुस्त हुनुपर्ने बुझ्नुभएका पोखरेलले कार्यालय वरिपरि सुन्तला, कागती, फलफुल देखि हरियाली रुख जातका बिरुवा बगैचाको विकास गर्ने गरि रोपणमा जनप्रतिनिधि कर्मचारी मिलेर लागेको बताउनुभयो ।

जनताको सेवा गर्नमा जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्नुभएका उहाँले सबैको एकमतले नै घिरिङको बिकास हुनेमा २ मत नरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com