2

Logo २०८३ बैशाख १४ सोमबार
अमेरिकामा रहेका नेपाली पत्रकारको संस्था (नेजा)को अध्यक्षमा भण्डारी निर्वाचित

अमेरिकामा रहेका नेपाली पत्रकारको संस्था (नेजा)को अध्यक्षमा भण्डारी निर्वाचित


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ९ २०८०
470

अमेरिका ।

अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा सुरज भण्डारी निर्वाचित हुनुभएको छ ।

यसअघि भण्डारी संघको महासचिव रहनुभएको थियो ।  आइतबार अध्यक्ष पदमा भएको नेजाको निर्वाचनमा सर्वाधिक मत ल्याएर उहाँ विजयी हुनुभएको हो । भण्डारीले ५४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी मधुकर अधिकारीले १९ मत मात्रै प्राप्त गर्नुभएको थियो । नेजामा कुल ८१ जना सदस्य रहेकोमा ७३ जना मात्रै मतदानमा सहभागी भएका थिए । आठ जना भने अनुपस्थित भए ।

अमेरिकाको टेक्ससमा भएको नेजाको आठौँ अधिवेशन तथा १६औँ साधारण सभाबाट अन्य पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनबाट महासचिवमा बाबुराम दाहाल, उपाध्यक्षमा सुजन पण्डित, कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर थापा र सचिवमा प्रतिमा बास्कोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा केशव रेग्मी, झरना अधिकारी, ईश्वरी न्यौपाने र हेमराज बराल निर्वाचित हुनुभएको नेजाका संस्थापक अध्यक्ष तथा आठौँ अधिवेशनको निर्वाचन समितिका संयोजक गिरीश पोखरेलले जानकारी दिनुभयो । नेजाको आठौँ अधिवेशन तथा १६औँ साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com