2

Logo २०८३ बैशाख १४ सोमबार
निस्दीको ज्यामिरेमा पुग्यो शैक्षिक अन्तरक्रिया

निस्दीको ज्यामिरेमा पुग्यो शैक्षिक अन्तरक्रिया


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ ७ २०८०
456

पाल्पा ।

निस्दी गाउँपालिकाले शुरु गरेको शैक्षिक सुधार सम्बन्धि वडा स्तरीय कार्यक्रम ज्यामिरेमा पनि सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले विद्यालयको भौतिक पक्षलाई मात्र मूल्यांकन नगरी शैक्षिक पक्षलाई महत्त्व दिनुपर्ने बताउनुभयो । शैक्षिक बिकासलाई टेवा पुर्‍याउने उद्देश्यले प्रत्येक वडामा शिक्षक तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरि सुझाव संकलन गरिरहेको उहाँको भनाइ रहेको छ ।

सामाजिक बिकास समितिका संयोजक तथा गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले निस्दीमा तल्लो तहमा सिकाइ उपलब्धि संतोषजनक रहे पनि माथिल्लो तहमा सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । विद्यालय सन्चालन र व्यवस्थापनमा भएका अनुभव र असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले अभियान  सन्चालन गरिएको शिक्षा संयोजक नर बहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय चारघरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर नेपालीले सम्बद्ध सबै पक्षका सरोकारवालाहरुले जिम्मेवारीपूर्वक कार्य गर्न र जवाफदेही बन्न सुझाव दिनुभयो ।

निस्दी गाउँपालिका पाल्पाको आयोजनामा सन्चालन भएको कार्यक्रम वडा नम्बर ७ ज्यामिरेका वडा अध्यक्ष मुक्त बहादुर पाटाको अध्यक्षतामा भएको हो ।

जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर पल्लीले अन्तरक्रिया कार्यक्रम समय-समयमा सन्चालन गर्नुपर्ने बताउनु हुँदै दैनिक पाठयोजना अनुसार शिक्षण सिकाइ क्रियाकलापमा जोड दिन आग्रह गर्नुभयो । शैक्षिक शत्र २०७९ सालको शैक्षिक उपलब्धिको समीक्षा र भावी कार्ययोजना,बालमैत्री शिक्षणका सुचकहरु बारे छलफल गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष र ९ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । जनप्रिय माध्यमिक विद्यालय बतासामा सन्चालन भएको कार्यक्रमको सञ्चालन बालमैत्री शाखा प्रमुख कुश्माखर पाण्डेयले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com