2

Logo २०८३ बैशाख १४ सोमबार
जेठ ३ गते रामपुरमा जग्गाधनी पुर्जा बितरण हुने

जेठ ३ गते रामपुरमा जग्गाधनी पुर्जा बितरण हुने


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ १ २०८०
1.1K

                                        तस्वीर- फाइल

पाल्पा ।

४० वर्षपछि जग्गाधनी प्रमाणपत्र पुर्जा बितरण शुरु गरिएको पाल्पाको व्यापारिक केन्द्र रामपुरमा जेठ पहिलो हप्ता पुनः थप पुर्जा बितरण गरिने भएको छ ।

राष्ट्रिय भुमि आयोग जिल्ला समिति पाल्पाले ३ महिना अघि केन्द्रिय अध्यक्षबाट पुर्जा बितरण थालेकोमा थप ३ सय बढी अव्यवस्थित बसोबासी नागरिकलाई जेठ ३ गते पुर्जा बितरण गर्ने राष्ट्रिय भुमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहनलाल गैरेले जानकारी दिनुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ५,६ र ७ अर्थात् साविक रामपुर गाबिस भित्रका प्रक्रिया पूरा भएर राजस्व बुझाएका ३ सय ५५ जग्गाको पुर्जा तयार भएको र जग्गाधनीलाई पुर्जा बितरण गर्ने अध्यक्ष गैरेले बताउनुभयो ।

राष्ट्रिय भुमि आयोग जिल्ला समिति पाल्पा र स्थानीय तह रामपुर नगरपालिकाको समन्वयमा आउदो बुधबार दिउँसो १ बजे पुर्जा बितरण गर्ने भएकाले राजस्व संकलन गरिसक्नुभएका यस चरणमा पुर्जा पाउने नागरिकलाई समयमै उपस्थित भईदिन अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com