रामपुरमा एक महिने निशुल्क लोक सेवा तयारी कक्षा शुरु
पाल्पा ।
पाल्पाको रामपुरमा एक महिने निशुल्क लोकसेवा तयारी कक्षा शुरु भएको छ ।
रामपुर नगरपालिकाको आयोजनामा शुरु कक्षाको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन भएको छ । रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले लगनशिलताका साथ अध्ययन गरेर निजामति सेवामा प्रवेश गर्न विद्यार्थीलाई अनुरोध गर्नुभयो । रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेले निजामति सेवामा प्रवेश गरि सुशासन सहित नागरिकको सेवामा लाग्न सहभागिलाई आग्रह गर्नुभयो ।
यस्तै, कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गादेवि भण्डारी गौतमले यस क्षेत्रका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरेर नगरपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गरेको बताउनुभयो ।

रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले कक्षामा सिकाईएका ज्ञान सिपको सदुपयोग गर्न आग्रह गर्नुभयो । शहिद बहुमुखी क्याम्पस रामपुरका स्ववियू सभापति ल्याकत अलिले नगरपालिकाले विद्यार्थीहरुको चाहानालाई बुझेर कक्षा सञ्चालन गरेको बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षता तथा नगरपालिकाका प्रेस सल्लाहाकार दानु हिस्की मगरको सञ्चालनमा कार्यक्रम भएको हो ।
रामतुलसी नमुना माध्यमिक विद्यालयमा चलेको तयारी कक्षामा १ सय १८ जनाको सहभागिता छ । तयारी कक्षा जेठ ३१ गतेसम्म एक महिना चल्नेछ ।