2

Logo २०८३ बैशाख १३ आइतबार
पर्यटकीय रानीमहलमा आजदेखि राष्ट्रिय बिच भलिबल प्रतियोगिता शुरु

पर्यटकीय रानीमहलमा आजदेखि राष्ट्रिय बिच भलिबल प्रतियोगिता शुरु


Sabalnews प्रकाशित मिति : बिहिबार, बैशाख २८ २०८०
1.2K

पाल्पा ।

पाल्पाको रानीमहलमा आजदेखि राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता हुदैछ ।

रानीमहल परिसरमा निर्माण भएको बिच भलिबल कोर्टमा प्रतियोगितामा समूह ‘ए’ अन्तर्गतका आर्मीको समूह र लुम्बिनी प्रदेश भिड्ने भएका छन् ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागीता छ । कोशी प्रदेश बाहेक अन्य ६ प्रदेश र बिभागीय ३ क्लब र सहआयोजक पाल्पाले भाग लिएका छन् ।
सहभागी टिम मध्य समूह ‘ए’ मा त्रिभुवन आर्मी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा सहआयोजक टिम पाल्पा, गण्डकी र वाग्मती प्रदेश छन् भने समूह ‘सी’ मा सशस्त्र प्रहरी, मधेश प्रदेश र समूह ‘डी’ मा प्रहरी र कर्णाली प्रदेश छन् ।

बिहिबार सहआयोजक पाल्पा र गण्डकी प्रदेशबीच अर्को खेल हुनेछ । भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङ्गका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ र ‘डी’ परेका दुवै टिम सोझै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

पर्यटकीय क्षेत्र रानीमहलको प्रवर्द्धन र बिच भलिबलको विकासका लागि फाउन्डेसनले गत वर्षदेखि रानीमहलको बालुवामा प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल पाउनेछन् । यसैगरी तेस्रो हुनेले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताउनुभयो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल भलिबल संघको स्वीकृतिमा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताले नेपालको बिच भलिबलको विकास र पाल्पाको ऐतिहासिक  रानीमहलको प्रवर्द्धनमा टेवा दिने जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले बताउनुभयो।

यसैबिच शनिबार तानसेनको कैलाशनगरदेखि रानीमहलसम्मको १३ किलोमिटर दौड प्रतियोगिता भएको छ । दौडमा पाल्पाका स्थानीयसहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको सहआयोजक पाल्पा भलिबल संघले जनाएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानले पुरस्कारको व्यवस्था समेत गरेको छ । दौडमा प्रथम हुनेले १०, द्दितियले ७, तृतीयले ५, सान्तवनाले ३ र २ हजार रुपैयाँ पाउने फाउन्डेसनकी अध्यक्ष मास्केले जानकारी दिनुभयो। प्रतियोगिता आगामी बैशाख ३० गते सकिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com