2

Logo २०८३ बैशाख १३ आइतबार
अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि बौदीकाली गाउँपालिकालाई

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि बौदीकाली गाउँपालिकालाई


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख २६ २०८०
2.3K

पाल्पा ।

निस्दी गाउँपालिका ५ गल्धामा चलेको अन्तर पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ ।

निस्दी गाउँपालिकाको आयोजना, भलिबल संघ निस्दीको सहआयोजनामा भएको प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेशका ८ पालिकाका टिमले भाग लिएका थिए । पाल्पाका ४ गाउँपालिका र नवलपुरको बौदीकाली, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, बाग्लुङको गलकोट नगरपालिका र नवलपरासीको बर्दघाट नगरपालिकाले भाग लिएका थिए ।

प्रतियोगितामा बौदीकाली गाउँपालिका नवलपुरले कालीगण्डकी गाउँपालिका स्याङ्जालाई २-१ सेटको अन्तरमा हराउदै आफ्नो पक्षमा जित निकालेको हो । पहिलो १८-२५ र तेस्रो १३-१५ को अन्तरमा बौदीकालीले जितेको थियो भने दोस्रो २५-२२ को सेट कालीगण्डकीको पोल्टामा परेको थियो ।

पहिलो र तेस्रो सेट जित्दै बौदीकालीले निस्दी गाउँपालिकाले आयोजना गरेको प्रथम अन्तरपालिका भलिबल प्रतियोगिताको पुरस्कार जितेको हो । कालीगण्डकी गाउँपालिका दोस्रो हुन सफल भएको छ।

यसैगरी बाग्लुङको गलकोट नगरपालिकाले परासीको बर्दघाट नगरपालिकालाई २५-२३, १६-२५ र १३-१५ को अन्तरमा जीत निकाल्दै तेस्रो स्थान प्राप्त गर्‍यो भने बर्दघाट नगरपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।

बिजेता बौदीकाली गाउँपालिकाले नगद १ लाख २० हजार सहित ट्रफी हात पारेको छ भने उपबिजेता कालीगण्डकी गाउँपालिका गाउँपालिकाले नगद ८० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ । तेस्रो स्थानको गलकोट नगरपालिकाले नगद ५० हजार र सान्त्वना बर्दघाट नगरपालिकाले ३० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा पाल्पाको आयोजक निस्दी गाउँपालिका, रामपुर नगरपालिका, पुर्वखोला गाउँपालिका र रिब्दीकोट गाउँपालिका सहित नवलपुरको बौदीकाली गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, बाग्लुङको गलकोट नगरपालिका र नवलपरासीको बर्दघाट नगरपालिकाको टिमको सहभागिता थियो ।

प्रतियोगितामा बौदीकाली गाउँपालिकाका हिमाल सुनारीले बेस्ट सर्भर, गलकोटका चन्द्र सुनारले बेस्ट डिफेन्डर पुरस्कार प्राप्त गर्न सफल भए । यसैगरी कालीगण्डकीका सुदिप रानाले बेस्ट सेटर, बर्दघाटका कमल गहतराजले बेस्ट स्पाइकरको पुरस्कार जिते । बेस्ट ब्लकर बौदीकालीका विश्वास अधिकारी र बेस्ट प्लेयर बौदीकालीका आशिष श्रेष्ठले प्राप्त गर्न सफल भए ।

बिजयी समूह तथा खेलाडीहरुलाई प्रतियोगिता समापनको अबसरमा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो।  प्रदेश सभा सदस्य श्रेष्ठले पुरस्कार प्रदान गर्दै खेलकुदको माध्यमबाट आफु स्थापित हुन र खेलकुदको विकासमा खेलाडीहरु अग्रसर हुनुपर्ने बताउनुभयो। खेलले गाउँठाउँ राष्ट्र चिनाउछ, श्रेष्ठले भन्नुभयो- संगै खेलकुदले अनुशासित र जिम्मेवारी हुन सिकाउने हुँदा आफुमा रहेको सीप सदुपयोग गर्न सदैब तत्पर रहनुपर्नेमा जोड दिनुभयो ।

गत बैशाख २३ गते देखि निस्दी गल्धाको दल बहादुर जर्घा स्मृति खेलमैदानमा सन्चालन भएको प्रतियोगिता समापनमा पुर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बोल्दै पालिका स्तरीय खेलले पालिका बिचको सम्बन्ध सुधार गर्न समेत हौसला थपेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भलिबल संघका सदस्य होम राई मगरले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com