2

Logo २०८३ बैशाख १४ सोमबार
घाँस झार्ने क्रममा करेन्ट लाग्दा पाल्पामा एक युवकको ज्यान गयो

घाँस झार्ने क्रममा करेन्ट लाग्दा पाल्पामा एक युवकको ज्यान गयो


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख २६ २०८०
7.9K

पाल्पा ।

करेन्ट लागेर पाल्पाको रामपुर नगरपालिका ५ भम्बकमा एक युवकको ज्यान गएको छ ।

घर नजिककै रुखको घाँस झार्ने क्रममा करेन्ट लाग्दा रामपुर नगरपालिका ५ भम्बक बस्ने ३२ वर्षका गोविन्द कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान झण्डै साढे ७ बजे घर नजिकै काब्रोको घाँस झार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो । घाँसको हागो नाङ्गो तारमा अड्कीए पछि उनलाई करेन्ट लागेर भुँईमा खसेका थिए । गम्भीर घाईते उनलाई तत्काल उपचारको लागि रामपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय रामपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक दल बहादुर बुढाले जानकारी दिनुभयो ।

शव रामपुर अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com