2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर सहकारीद्दारा शेयर सदस्यलाई सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण

रामपुर सहकारीद्दारा शेयर सदस्यलाई सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख २५ २०८०
1.2K

पाल्पा ।

रामपुर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम रामपुरमा भएको छ ।

पछिल्लो समय आर्थिक हिसाबले सहकारीहरु डुब्ने स्थितिमा पुग्ने र सञ्चालकहरु भाग्ने गरेको कुरा बाहिर आइरहेको बेला सहकारी सञ्चालन, यसको फाइदा र निरन्तरताका बिषयमा आम शेयर सदस्यलाई जानकारी दिने उद्देश्यले प्रशिक्षणको आयोजना गरेको रामपुर साकोसले जनाएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा सहकारीका निवर्तमान अध्यक्ष राजुप्रसाद श्रेष्ठले प्रशिक्षणको उद्घाटन गर्नुहुदै सहकारीको स्थायित्वको लागि सहकारी शिक्षा अनिवार्य भएको बताउनुभयो । सहकारीको मालिक शेयर सदस्य हो, हरेक सदस्यले म सहकारीको मालिक हो भन्ने भावले अपनत्व लिएर सहकारीलाई बलियो बनाउन सल्लाह सुझाब दिन आग्रह गर्नुभयो । धेरै शहरीया भेगमा सहकारी डुबेर सहकारीका जिम्मेवार मानिस भागेका छन् तर आफ्नै ठाउँ, गाउँ आफ्नै छरछिमेकी भएका सहकारीमा त्यसको डर त्रास नहुँने हँुदा ढुक्क भएर सहकारीको उपयोग गर्न शेयर सदस्यमा अनुरोध गर्नुभयो । रामपुर क्षेत्रमा कुनै बैंक बित्तिय संस्था नहुँदा पैसा लिन सदरमुकाममा १दिन लगाएर जोखिम मोल्दै जानुआउनुपर्ने खर्चिलो हुने हुँदा आबश्यकता महशुस गरि २०५७ सालमा सहकारीको उदय भएको श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा रामपुर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीले सहकारीको लागि सेयर सदस्यले संस्थाले आह्वान गरेको बखत समय दिनुपर्ने, सहकारीमा जसले चासो राख्छ त्यो सहकारी नै अगाडी बढ्ने बताउँदै सहकारी राम्रो बनाउन सेयर सदस्य, सञ्चालक समितिको भुमिका महत्वपूणर् हुने बताउनु भएको छ ।

शिक्षा उपसमिति संयोजक तथा कार्यक्रमका अध्यक्ष राजेन्द्रप्रसाद बस्ताकोटीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउदै रामपुर साकोसमा आवद्ध सेयर सदस्यलाई लक्षित गरेर वित्तीय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा ४सय सेयर सदस्यको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण नेपाल वचत तथा ऋण सहकारी केन्द्रिय संघका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानेले गर्नुहुदै सहकारीमा वचत गर्ने तरिका, सहकारीले गर्ने काम लगायतका विषयमा सहभागीलाई सहजिकरण गर्नु भएको छ ।

शिक्षा उपसमितिका संयोजक राजेन्द्रप्रसाद बस्ताकोटीको अध्यक्षता, शिक्षा उपसमिति सदस्य भेषराज पोखरेलले स्वागत र शिक्षा उपसमिति सदस्य गोविन भट्टराईको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com