2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा महोत्सवमा दर्शक बढ्दै, शुक्रबार खुमन देखि इन्द्र जि.सि.को प्रस्तुति रहने

पाल्पा महोत्सवमा दर्शक बढ्दै, शुक्रबार खुमन देखि इन्द्र जि.सि.को प्रस्तुति रहने


Sabalnews प्रकाशित मिति : बिहिबार, बैशाख २१ २०८०
2.2K

पाल्पा ।

१३ औं  ‘पाल्पा महोत्सव’मा दर्शकको संख्या बढ्दै गएको छ । महोत्सवको दिन घर्किदै जादा मेलामा किनमेल गर्ने र कलाकारको रमाइलो प्रस्तुतिमा भुल्नेहरु बढ्दै गएका छन् ।

अन्य दिन भन्दा बिदाको दिन बालउद्यनमा खेल्न रमाउन पुग्ने बालबालिका, उनिहरुका अभिभावक र युवाहरुले खचाखच भरिने गरेको छ । महोत्सवमा पानीले केही दिन प्रभावित भए पनि सफलता उन्मुख रहेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।

मेलामा किनमेल गर्न पुग्नेहरु पनि उत्तिकै स्टलमा झुम्मिएका देखिन्छन् । फलफुलका बिरुवाका स्टल, फेन्सी, भाडा देखि जिल्लाका उत्पादन र कलाका स्टलमा पुग्ने र किन्नेहरु बढी भेटिन्छन् ।

बैशाख २२ गते (शुक्रवार) चर्चित गायक खुमन अधिकारी, ईन्द्र जिसीदेखि गायिका शिलु भट्टराई लगायतको एकल र दोहोरी प्रस्तुति रहने प्रचार-प्रसार समिति संयोजक बिदुर घिमिरेले जानकारी दिनुभयो । स्थानीय कलाकेन्द्र र कलाकारको गीत नाचले दर्शकको ध्यान खिच्ने गरेको छ । आयोजकले दैनिक चर्चितगायक गायिका तथा कलाकारलाई आकर्षणको केन्द्र बनाएर मेला संचालन गरेको छ । गायक हुम गैरे र गायिका तथा उद्घोषक मन्जु पौडेल, गायिका लक्ष्मी नेपालीको सांगीतिक प्रस्तुति पनि शुक्रबार रहनेछ।  कलाकार किरण चित्रकार र सुमित कुमार घिमिरेको हास्य व्यङग्य प्रस्तुति पनि दर्शकका लागि आकर्षण हुने सास्कृतिक संयोजक भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सार्वजनिक विदा परेकाले पनि भोलि दर्शकको उपस्थिति बाक्लो रहने अपेक्षा आयोजक उद्योग वाणिज्य संघको छ । गत बैशाख १४ गतेबाट सुरु भएको महोत्सव २४ वैशाखसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com