सामुदायिक वन लुम्बिनी प्रदेश समिति महिलाको नेतृत्वमा
लुम्बिनी ।
सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाकी कल्पना भण्डारी निर्वाचित हुनुभएको छ ।
बुटवलमा बुधबार भएको महासंघको अधिबेशनले महिलाको नेतृत्वमा प्रदेश स्तरीय समिति सर्वसहमतिमा चयन गरेको हो । सामुदायिक वन महासंघ र सामुदायिक वनको संरचनामा अध्यक्ष वा सचिव कम्तिमा एकमा महिला अनिबार्य हुनुपर्ने व्यबस्था गरेको छ । पदाधिकारी सहित ५० प्रतिशत महिला अनिवार्य गरेको छ ।
निर्वाचित प्रदेश समितिको उपाध्यक्षमा हुमनाथ भट्टराई, महासचिव शोभाकर सापकोटा, सचिवमा मधुकला कुँवर, कोषाध्यक्षमा मिनाकुमारी सिंह रहनुभएको छ । अन्य समिति सदस्यमा रहनुभएको छ ।