2

Logo २०८३ बैशाख १४ सोमबार
प्रधानमन्त्री प्रचण्डद्दारा मन्त्रीमण्डल बिस्तार, काङ्ग्रेसबाट थपिए तिन मन्त्री

प्रधानमन्त्री प्रचण्डद्दारा मन्त्रीमण्डल बिस्तार, काङ्ग्रेसबाट थपिए तिन मन्त्री


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख २० २०८०
680

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार फेरि मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार समेत तोक्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले यस संगै ९ पटक मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ तर पुर्णता भने पाएको छैन ।

नेपाली कांग्रेसबाट नियुक्ति भएका मन्त्रीमा उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले गुरुङ, बस्नेत र लिम्बूलाई मन्त्री नियुक्त गरी कार्यभार तोकेको जानकारी दिनुभयो।

राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रीहरुको सपथ बिहीबार दिउँसो तीन बजे हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com