शनिवार विदाको दिन सर्वाधिक दर्शक, हावाहुरीको प्रवाह नगरी शिव परियारको गीतमा झुमे दर्शक
पाल्पा ।
पाल्पाको तानसेनमा जारी पाल्पा महोत्सवमा शनिवार अहिलेसम्मकै धेरै दर्शकले मेला अबलोकन गरेका छन् ।
शनिवार समेत भएकाले गाउँ गाँउबाट पुग्ने र शहरका मानिसको धुइरो महोत्सव स्थलमा थियो शनिवार आधुनिक गायक शिब परियारको गीत गायनमा ठाउँका ठाउँबाटै पाल्पाली दर्शकले उनलाई साथ दिए । पछिल्लो समय चर्चामा रहेको ‘धोकेबाज हौ तिमी’ बोलको गीत शिव परियारले दुई पटक गाए । धोकेबाज गीतलाई दर्शकले पुनः वान्समोर लगाउन भ्याए भने दर्शकको उफ्राई र हुटिङले माहोल पनि तताएका थिए । शिवले आफ्नो प्रस्तुतिबाट भरपुर मनोरञ्जन दिलाए ।
जब साझ पर्दै जान्छ गीत र नाचमा झुमेका दर्शकको साथले शिब परियार उत्तिकै हौसला पाएथे र शुरु हुदै गरेको हुरीबतासको कुनै प्रवाह नगरी गीत नाचमा मस्त देखिन्थे । नाचले मात्र होइन हावाहुरीले समेत धुलो उडाएपनि दर्शकले रुमाल र सल उडाउदै गीत तर्फै झुमेका थिए ।
शनिवार लोक दोहोरी गायक दिपु मगर, रुपेश कार्की, लोक दोहोरी गायिका शकुन्तला गैरेले आफ्नो प्रस्तुति राखेका थिए । विदाको दिन समेत हुनाले दर्शकको भिड बालउद्यानमा समेत उत्तिकै थियो । पिङ र डुङगामा घुचेडाघुचेड गरि खेल खेल्न बस्नेहरुको लाइन लामै देखिन्थ्यो । १५ हजार बढी दर्शकहरु महोत्सव अवलोकनलाई आएका थिए । शनिवार खुला मैदान खचाखच भरिएको थियो भने स्टलहरुमा किनमेल गर्नेहरुको समेत उत्तिकै भिडभाग थियो ।
मेलाको चौथो दिन आइतबार माहोल तताउने गायक खेम सेन्चुरी, पाल्पाली रोइला गायक शिरीष देवकोटा गायिका कालिका रोका र ममता कोइरालाको प्रस्तुति रहने सास्कृतिक संयोजक भीम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।