2

Logo २०८३ बैशाख १४ सोमबार
श्रमिक दिवसको पुर्वसन्ध्यामा युएईको फुजैरहामा “श्रमिक संवाद कार्यक्रम” सम्पन्न

श्रमिक दिवसको पुर्वसन्ध्यामा युएईको फुजैरहामा “श्रमिक संवाद कार्यक्रम” सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख १७ २०८०
589

युएई ।

नेपाली राजदूतावास अवुधावीको आयोजना र नेपाली समाज युएईको समन्वय तथा क्रियाशिल विभिन्न संघ संस्था र सामाजिक अभियन्ताहरुको संयोजनमा “श्रमिक संवाद कार्यक्रम” युएईको फुजैरहामा सम्पन्न भएको छ ।

मे १ श्रमिक दिवसको पुर्वसन्ध्या पारेर शनिबार फुजेराहस्थित भि होटलमा आयोजित संवादमा नेपाली राजदूतावास अबुधावीका कार्यवाहक राजदूत विशाल भट्टराईले खासगरी फुजेराह र रसअल खैमाहमा कार्यरत श्रमिकहरुलाई पासपोर्ट नविकरणमा आउने समस्याको समाधानका लागि छिट्टै घुम्ती सेवा प्रदान गर्ने बताउनुभएको छ । साथै यि दुई सहरमा कार्यरत श्रमिकहरुको समस्यालाई सहज बनाउन दूतावासबाट विभिन्न कार्ययोजनाहरु तयार पारिएको समेत उहाँले जानकारी दिनुभयो ।

श्रम कन्सुलर दिनबन्धु सुवेदीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै श्रमिकहरुको समस्याको गुनासोलाई समाधान गर्ने र आउन सक्ने समस्या भन्दा पनि समस्या आउनै नदिन कार्यालयको ध्यान गएको बताउनुभयो । कुनै समस्या आइहालेको खण्डमा तत्काल जानकारी दिन समेत सुझाइएको छ ।

सोही अबसरमा श्रम सहचारी जाबेद अन्सारी नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल, पार्षद राम मोक्तान, प्रमुख सल्लाहकार गोविन्द ढकालले आम रोजगारमा जाने नेपालीको सहजताको लागि दुताबास र संघसस्थाले नियमित समन्वय गरेर काम गर्न पर्नेमा जोड दिएका छन् ।

फुजेराहमा भएको यो छलफलमा फुजेराह क्षेत्रमा कार्यरत  नेपाली श्रमिकहरुलाई परिआउने समस्या र उपायको बिषयमा बृहत अन्तरक्रिया भएको छ । उल्लेखिय सहभागिता रहेको कार्यक्रममा नेपालीलाई पर्ने समस्या, युएईमा कामको अबस्था, बिदेशमा आइसकेपछि अपनाउनु पर्ने साबधानी, त्यहाँको कानुन, समस्या आउन नदिन पुर्‍याउनुपर्ने सजकता र समस्या समाधानका बाटोका बिषयमा चर्चा भएको थियो । कार्यक्रमको संचालन महासचिव केदार कुंवरले गर्नुभएको थियो ।

युएईमा हाल लगभग ६ लाखको हाराहारीमा नेपाली कामदारहरु कार्यरत छन् भने यसको संख्या दिनहु बढ्दो छ । सन् २००४ मा नेपाली राजदूतावासको स्थापना हुंदा लगभग ८० हजारको हाराहारीमा नेपाली कामदारको संख्या थियो भने हाल लगभग ६ लाख पुगेको छ । कामदारको दाजोमा  दूतावासको कर्मचारीमा खासै बृद्धि नभएका कारण दुताबासबाट सेवा लिन केही ढिलाई भएको सहभागीले सुझाव समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com