तिनाउ ५ का महिला उद्यमी बन्दै
पाल्पा ।
जिल्लाको तिनाउ गाउपालिका वडा न. ५ का महिला दिदीबहिनीले व्यबसायिक आम्दानी लिन सकिने सीप सिक्नुभएको छ ।
गाउँपालिकाले महिला उद्यमलाई जोड दिदै आएकोमा वडा नम्बर ५ ले व्यबसायिक रुपमा संचालन गर्न सकिने जुत्ता चप्पल बनाउने तालिम आयोजना गरेपछि यहाँका दिदीबहिनी सेप सिक्न पाएका हुन् । ५ दिनसम्म मखमलको जुत्ता र चप्पल बनाउन सिकेका सहभागी अहिले विभिन्न डिजाइनका जुत्ता चप्पल बनाउन सक्ने भएका वडा अध्यक्ष इन्द्रकुमारी चिदीले बताउनुभयो ।
थोरै लगानीमा कच्चापदार्थ कपडा खरिद गरि सानो उद्योग चलाएर पनि राम्रो आम्दानी लिन सकिने व्यबसाय हो अध्यक्ष चिदीले भन्नुभयो- नियमित काम गर्ने हो भने बुटवल बजार सहित नजिककै पसलमा खपत हुन्छ ।
तालिममा सिकेका सीप व्यबहारमा उतारेर आर्थिक रुपमा सबल बन्न सकिने हुँदा निरन्तरता दिन रमेश बरालले आग्रह गर्नुभयो ।