लुम्बिनीमा ढल्यो एमाले सरकार, मूख्यमन्त्री गिरीको पक्ष ३३ र विपक्षमा ५३मत
लुम्बिनी ।
लुम्बिनी प्रदेशमा एमालेको सरकार ढलेको छ। प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सभामा पेश गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएपछि गिरी नेतृत्वको सरकार ढलेको हो ।
सोमबार प्रदेशसभा बैठकमा गिरीले पेश गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएसँगै लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ । लुम्बिनी प्रदेशमा ८७ सांसद छन् ।
गत पुस २७ मा ५८ सांसद्को समर्थनमा गिरी मुख्यमन्त्री बन्नुभएको थियो।
यसअघि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बहुमतको हस्ताक्षरसहित प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष मुख्य मन्त्रीमा दावी पेश गर्नुभएको छ ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका २७,नेकपा एमालेका २९,नेकपा माओवादी केन्द्रका १०,नागरिक उन्मुक्ति,राप्रपाका ४/४,जसपा,जनमत पार्टी र लोसपाका ३/३/३,नेकपा एकीकृत समाजवादी र जनमोर्चाका १/१ ,र स्वतन्त्रतर्फका २ सांसद छन्।