2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनीमा ढल्यो एमाले सरकार, मूख्यमन्त्री गिरीको पक्ष ३३ र विपक्षमा ५३मत

लुम्बिनीमा ढल्यो एमाले सरकार, मूख्यमन्त्री गिरीको पक्ष ३३ र विपक्षमा ५३मत


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०
946

लुम्बिनी ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढलेको छ। प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सभामा पेश गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएपछि गिरी नेतृत्वको सरकार ढलेको हो ।

सोमबार प्रदेशसभा बैठकमा गिरीले पेश गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएसँगै लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ । लुम्बिनी प्रदेशमा ८७ सांसद छन् ।

गत पुस २७ मा ५८ सांसद्को समर्थनमा गिरी मुख्यमन्त्री बन्नुभएको थियो।

यसअघि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बहुमतको हस्ताक्षरसहित प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष मुख्य मन्त्रीमा दावी पेश गर्नुभएको छ ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका २७,नेकपा एमालेका २९,नेकपा माओवादी केन्द्रका १०,नागरिक उन्मुक्ति,राप्रपाका ४/४,जसपा,जनमत पार्टी र लोसपाका ३/३/३,नेकपा एकीकृत समाजवादी र जनमोर्चाका १/१ ,र स्वतन्त्रतर्फका २ सांसद छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com