2

Logo २०८३ बैशाख १३ आइतबार
रानपाले बाढ्यो डिजिटल अपाङ्गता परिचय पत्र

रानपाले बाढ्यो डिजिटल अपाङ्गता परिचय पत्र


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख ९ २०८०
708

पाल्पा ।

रामपुर नगरपालिकाले पहिलोपटक डिजिटल अपाङ्गता परिचय पत्र बितरण गरेको छ ।

रामपुर नगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखामा हालसम्म पनि अपाङ्गता परिचय पत्र अद्यावधिक नभएनका र नयाँ परिचय पत्र बनाउन निवेदनहरुको प्रक्रिया पुर्‍याएर अपाङ्गता परिचय पत्र बितरण गरिएको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले जनाएको छ ।अपाङ्गता परिचय पत्र बितरण कार्यबिधि २०७५ परिच्छेद २ को ४ बमोजिम रामपुर नगरपालिकाका अपाङ्गता भएका  नागरिकलाई परिचय पत्र दिइएको हो । सअघि नगरपालिकाले जेष्ठ नागरिक परिचय पत्रको डिजिटल प्रमाणपत्र बितरण गरेको थियो । पहिलोपटक डिजिटल अपाङ्गता परिचय पत्र बितरण गरिएको शाखा प्रमुख स. म. वि. नि. पुजा परियारले जानकारी दिनुभयो ।

आएका निबेदनका आधारमा नगरपालिकाले हाल १२ वटा परिचय पत्र बितरण गरेको छ । जसमध्य ख बर्गको ७ वटा, ग बर्गको ४ वटा र घ बर्गको १ वटा रहेको छ । डिजिटल अपाङ्गता परिचय पत्र बितरण गर्नुहुदै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले अपाङ्गता भएर पनि राज्यबाट पाउने सेवासुबिधादेखि बन्चित नागरिकलाई परिचय पत्र बितरण गरिएको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले कागजमा हुने हस्तलिखित परिचय पत्र च्यातिने, मैलो हुने र सही तथ्यांक प्रबिधीमा नहुने हुँदा समयानुकुल व्यबस्थित गर्न राज्यले डिजिटल परिचय पत्र (कार्ड)को व्यबस्था गरेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com