2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर महोत्सवको खर्च सार्वजनिक, ४० लाख बढीको बचत

रामपुर महोत्सवको खर्च सार्वजनिक, ४० लाख बढीको बचत


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख ८ २०८०
1.5K

पाल्पा ।

गत माघ अन्तिम साताबाट शुरु भएको “तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला”को आयोजक रामपुर उद्योग वाणिज्य संघले खर्च सार्वजनिक गरेको छ ।

उद्योग वाणिज्य संघद्दारा शुक्रबार सभाहलमा आयाजित कार्यक्रममा मेलाबाट कुल कारोबार गरि ४० लाख बढी बचत गर्न सफल भएको जानकारी गराएको हो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना तथा रामपुर नगरपालिकाको संरक्षकत्वमा गएको माघ २७ देखि फागुन ८ गतेसम्म रामपुर महोत्सव तथा व्यापार मेला चलेको थियो ।

मेला सञ्चालनमा विविध पक्षबाट सहयोग तथा कारोबारबाट नगद १ करोड ८ लाख ७४ हजार ९ सय ५० आम्दानी गरेकोमा ६८ लाख २२ हजार ७ सय १५ खर्च भएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । मेलाबाट ४० लाख ५२ हजार २ सय ३५ रुपैयाँ बचत गर्न सफल भएको संघले जनाएको छ ।

आम्दानी मध्य प्रवेश टिकट विक्रीबाट ४६ लाख ४७ हजार ५ सय ८०, विशेष प्रवेश टिकट विक्रीबाट ३८ हजार २ सय ५०, स्टल तथा होटल व्यवस्थापनबाट ४१ लाख ५ हजार, प्रायोजक तथा सहप्रयोजकबाट आम्दानी ८ लाख ३६ हजार ५ सय ५०, भलिबल खेलबाट २६ हजार ४ सय, कृषि ज्ञान केन्द्र पाल्पाबाट ७१ हजार १ सय ७०, रामपुर नगरपालिकाबाट १० लाख, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिकाबाट ५०/५० हजार रुपँया आम्दानी भएको हो । आम्दानी मध्य पालिकाबाट रकम भुक्तानी लिन बाँकी रहेको संघले जनाएको छ ।

संघका अध्यक्ष ढकालले सबैको सहयोग र सहकार्यले सोचेभन्दा राम्रो गरि मेला सम्पन्न भएकोमा सबै प्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा मेला प्रचार–प्रसार समितिका संयोजक बासुदेव ढकाल, संघका पूर्व महासचिव कृष्ण पौडेल र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सृजना घिमिरे र राष्ट्रिय समाचार समिति संवाददाता सुशिला रेग्मीले जिज्ञासा सहितको धारणा राख्दै मेला सफल बनाउन पत्रकारको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।

उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा चलेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले स्वागत गर्नुभएको थियो भने संघका वाणिज्य उपाध्यक्ष विष्णु सारुले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन संघका सचिव विनोद श्रेष्ठले गर्नु भएको हो ।

संघले पूर्वी क्षेत्रका व्यवसायीहरुको सहजताको लागि कार्यालयबाट नियमित सेवा प्रदान गर्दै आईरहेको जानकारी दिदै मेलाबाट बचत रकम संघको बहुउद्देश्यीय भवन निर्माण, व्यवस्थित सचिवालय सञ्चालन, कोरोना महामारीले धरासयी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीहरुको क्षमता अभिबृद्धिमा खर्च गरिने अध्यक्ष ढकालले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com