2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा महोत्सवको तयारी तिब्र, ३ लाख दर्शक र १० करोडको कारोबार हुने अनुमान

पाल्पा महोत्सवको तयारी तिब्र, ३ लाख दर्शक र १० करोडको कारोबार हुने अनुमान


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख ६ २०८०
939

पाल्पा ।

पाल्पा महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।

पाल्पा उद्योग वाणिज्य संघले तानसेनमा पत्रकार सम्मेलन गर्दै मेलालाई भव्य रुपमा सम्पन्न गर्न तयारीका काम तिब्र पारिएको जनाइएको हो । ३ सय बढी स्टल आकर्षक रहने र सफल बनाउन स्थानीय र राष्ट्रिय कलाकारको प्रत्येक दिन प्रस्तुति रहने जानकारी दिइएको छ । यही बैशाख १४ गतेदेखी २४ गते सम्म आयोजना हुन लागेको पाल्पा महोत्सव २०८० मा पाल्पालाई करुवा र ढाका बाहेक अदुवाको जिल्लाको रुपमा थप चिनाउन मद्धत पुग्ने आयोजकको अनुमान छ ।

पाल्पा महोत्सव यो पटक १३ औं संस्करण हो । महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्रि, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शन गरिने प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो । घिमिरेले महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्धारा उत्पादित वस्तुको प्रदर्शन गरिने समेत बताउनुभयो ।

पत्रकार सम्मेलनमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईले बालउद्यान, बैंक तथा वित्तिय संस्थाहरु, अटो माबाईल्सका स्टल र नेवारी तथा मगरि खानाका परिकारहरु समेत रहने बताउनुभयो । भट्टराईले पाल्पाली उद्यमी व्यवसायीले प्रत्यक्ष रुपमा सहभागितात्मक व्यवस्थापनद्धारा आफ्ना आन्तरिक उत्पादनलाई बजारीकरण गर्न सहज हुने विश्वास लिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com