रामपुर केलादी राधा घनश्याम मन्दिरमा श्रीमद भागवत महापुराण हुने
पाल्पा ।
केलादी धाम राधा घनश्याम मन्दिरमा धर्म सस्कृति संरक्षण, गौसंरक्षण र पर्यटन प्रवर्द्धनका लागि श्रीमद भागवत महापुराण हुने भएको छ ।
रामपुर नगरपालिका वडा न ३ बोटेगाउमा मन्दिर ब्यवस्थापन समितिको बैठकले आगमी बैशाख १५ गते देखि २२ गते सम्म धार्मिक प्रबचन हुने भएको छ ।
श्रीमद भागवत महापुराण, गौशाला ब्यबस्थापन, धर्म सस्कार- सस्कृति संरक्षण एबम पर्यटन प्रबर्द्धनका निमित्त पुराण आयोजना गर्ने जनाएको छ ।
कथाबाचक राधाशरण काफ्लेको मुखार बिन्दबाट सङ्गितमय शैलीमा भजन किर्तन झाकी सहितको धार्मिक प्रबचन हुनेछ।मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष छबिरमण उपाध्याय सिग्देलको अध्यक्षतामा भएको बैठकमा मन्दिर, गौशाला ब्यबस्थापन धार्मिक सहिष्णुता भातृत्व धर्म जागरण प्रर्यटन प्रबर्द्धन लगाएतको कार्य गरिएको जानकारी दिनुभयो।वडा न ३का अध्यक्ष दामोदर पाठक, पुर्ब अध्यक्ष दिनेश खनाल समाज सेबि उमनाथ अर्याल, लोकनाथ भट्टराई, घनश्याम पोख्रेल, अनिल कुमार भट्टराई, यज्ञमुर्ति घिमिरे, बिस्नु प्रसाद भण्डारी लगाएतले यज्ञ सम्बन्धी जिज्ञासा राख्दै सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ।
यज्ञ सम्पन्न गर्न बिभिन्न तयारी एवं ब्यबस्थापन समिति चयन गरेको छ ।बैैैठकले ममिला संयोजक ऋषिराम ज्ञवाली र प्रचार संयोजक समीर पौडेललाई चयन गरेको छ । बिबिध बिषयका समिति चयन गरिएको छ । कार्यक्रम यहि बैशाख १५ गते देखि २२ गते सम्म हुने मुल आयोजक समितिका सयोजक ऋषिराम जानकारी दिदै महायज्ञ सफल बनाउन सम्पुर्णलाई आग्रह गर्नु भएको छ।