2

Logo २०८३ बैशाख १३ आइतबार
प्रदेश सरकारद्धारा निर्मित पक्की पुल उद्घाटन, अब प्रदेशको उपलब्धि देखिन थाल्यो–मुख्यमन्त्री गिरी

प्रदेश सरकारद्धारा निर्मित पक्की पुल उद्घाटन, अब प्रदेशको उपलब्धि देखिन थाल्यो–मुख्यमन्त्री गिरी


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख ५ २०८०
1.2K

पाल्पा । 

लुम्बिनी प्रदेश सरकारले पाल्पाको पुर्व क्षेत्र निस्दीखोलाको २ स्थानमा निर्माण गरेको पक्की पुलको उद्घाटन भएको छ ।

पाल्पा जिल्लाको रामपुर नगरपालिकामा निर्माण भएको मसानेघाट मोटरेवल पक्की पुल र निस्दी र पुर्वखोला जोड्ने रेचेघाटमा निर्माण भएको पक्की पुलको उद्घाटन भएको हो ।

मसानेघाटमा निर्मित पक्की पुलको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सरकारले केही गरेन, संघीयतामा प्रदेश सरकारप्रति प्रश्न गर्नेहरुलाई राजनितिक परिवर्तनपछि तत्काल परिवर्तन नहुँने र यसको विस्तारमा प्रदेश सरकार जोडतोडले लागेको बताउनुभयो । संविधानमा उल्लेख अधिकारको बाँडफाँडमा अझै बाझिएको बताउदै उहाँले तत्काल भन्दा पनि महत्वपुर्ण विकासका माध्यमबाट जनताको जिवनस्तर उक्कास्न प्रदेश सरकारले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । लुम्बिनी प्रदेशले तराई पहाडमा उत्तिकै विकासलाई प्राथमिकता दिएको छ, गिरीले भन्नुभयो–रामपुर रोल्पा हुदै कर्णाली प्रदेशको कपुरकोट जोड्ने प्रदेशको गौरवको योजनाले रामपुरलाई जोडेको छ । रामपुर बसपार्क, सडक र नाली, सिंचाईकुलो लगायतको काममा सदैव प्रदेश सरकारले काम गरेको उल्लेख गर्दै उहाँले बाटो र पुल बनाएर मात्र नभई अब गाउँ ठाउँ बस्तु र उत्पादन शहर पु¥याउन आधुनिक कृषिलाई प्राथमिकता दिदै अन्य आम्दानीको स्रोत बढाउन स्थानीय लाग्नुपर्ने बताउनुभयो ।

रेचेघाटको पुल उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले निस्दी र पुर्वखोलाबासीलाई रेचेघाटको पुल कोशेढुङा हुने बताउनुभयो । हजारौ रुपँयाले खोलाबाट मोटरसाइकल तारेर ज्यान जोखिममा पार्दै वारपार गर्ने स्थानीयलाई पुल बनेर ठुुलो राहत मिलेको उहाँले बताउनुभयो । पुल छैन गाडी चल्दैन भनेर उत्पादन गर्न चाहाना नगर्ने र बोकेर लान नसक्नेलाई अब उत्पादन बढाउन र विकासका काम गर्न सजिलो हुने बताउनुभयो ।

पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य नारायण आचार्यले निस्दीखोलामा निर्माण सम्पन्न २ पुलले स्थानीय जिवनशैलीमा निकै सुधार गर्ने बताउनुभयो । गल्धाफाँटमा पनि टेण्डरको प्रक्रियामा रहेको उल्लेख गर्दै आचार्यले रामपुर, निस्दी, पुर्वखोला सहित नवलपुर र नवलपरासी जिल्लाका नागरिकलाई आउन जान सवारी साधन नियमति चलाउन निस्दीखोलाका पुल महत्वपुर्ण हुने बताउनुभयो । छिटो पुल निर्माण गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो । उहाँले रामपुर सहलकोट हुँदै झ्यालबास सडकखण्ड ४० करोड टेण्डर भई काम भइरहेकोमा पाल्पा तर्फ ३२ किलोमिटर र नवलपुरतर्फ २५किलोमिटर रहेको उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले प्रदेश सरकारले पाल्पाको पुर्व भेगमा धेरै उल्लेख्य काम गरेको बताउनुभयो । पछाडी परेको यो क्षेत्रलाई अघि बढाउन र जनतालाई सहज बनाउन संघ र प्रदेशले धेरै योजना ल्याएको छ उहाँले भन्नुभयो–केही योजना सकिने चरणमा रहेको छ भने केही प्रक्रियामा र केही प्रस्तावलाई अघि बढाइएको छ । रामपुर खोप्टार रातोढिक सहलकोट झ्यालबास सडक स्तरउन्नतिको प्रक्रियामा रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्यालयका सचिव राजेन्द्र थापाले सबैको साथले यी पुल सहज रुपमा समयमा नै निर्माण सम्पन्न भएको बताउनुभयो । लुम्बिनी भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर अमृत श्रेष्ठले निकै आबश्यक ठाउँमा पुल बनेको बताउदै यसको निगरानी संरक्षणमा स्थानीयले चासो राख्नुपर्ने बताउनुभयो ।

भौतिक पुर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशका निर्देशक भिमार्जुन पाण्डेले निर्माण व्यवसायीले समयमा थोरै लागतमा काम गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । सडक पुर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले पुलको विस्तृत प्रतिबेदन प्रस्तुत गर्दै मसानेघाट र रेचेको २ लेनको २ स्पान सहितको निर्मित पुल एकै किसिमको बनेको बताउनुभयो ।

रामपुर नगरपालिका वडा नम्बर १ पन्थे र ३ किर्तिपुर जोड्ने निस्दीखोलामा ७ करोड, ७३ लाख ६ हजार ७ सय ७१ रुपँया लागतमा निर्माण भएको हो । २०७६ साल फागुन ११ गते सम्झौता भएको पुल सोही बर्ष चैत १६ गते शिलान्यास सँगै निर्माण शुरु भएको थियो । इलाईट कन्ट्रक्सन काठमाडांैसँग ८ करोड १२ लाख २५ हजार ६ सय ४३ मा पुल निर्माणको सम्झौता भएकोमा कम मुल्यमा निर्माण सकिएको हो । निर्माण व्यवसायी शिव श्रेष्ठले बिचमा केही समय समस्या आएपनि सरोकारवालाको सहयोगबाट समयमा नै निर्माण सम्पन्न गर्न सकेको बताउनुभयो । ७० दशमलब ९ मिटर लम्बाई पुल निर्माण भएको हो । पुल निर्माणमा जग्गादान गर्नुहुने दाता रामपुर ३ का काशीराम खनाल र हेम ब कार्कीलाई करुवा, दोसल्ला र प्रशंसा पत्रले मुख्यमन्त्रीले सम्मान गर्नुभएको छ ।

जग्गादाता काशीराम खनाल सम्मानित

पाल्पा जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालको अध्यक्षता लुम्बिनी प्रदेशका निर्वतमान प्रदेश सभा सदस्य युवराज खनालको स्वागत तथा रामपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दामोदर पाठकको सञ्चालनमा कार्यक्रम भएको हो ।

४६.८५ मिटर लम्बाई रहेको रेचेघाटको पुल जयनेपाल ईश्वर विवेक एण्ड कुवेर निर्माण सेवा प्रालि स्याङजाले सम्झौता भन्दा थोरै ३ करोड ७६ लाख ४ हजार ८ सय ३८ रुपँयाको लागतमा निर्माण भएको हो । ३ करोड ८९ लाख ६ हजार ३ स ८४ रुपयाँमा सम्झौता भएको थियो । २०७७ साल असार ३० गते सम्झौता भई पुष ५ गते निर्माण शुरुभएको पुल २०७९ साल असार १८ गते निर्माण सम्पन्न गरेको हो ।
जिल्ला समन्वय समितिका संयोजक टंकनाथ खनालको अध्यक्षता तथा निस्दी वडा नम्बर ६ का वडाध्यक्ष मेख बहादुर सुनारीको संचालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com